हिजाबका कारण विभेद

हिजाबका कारण विभेद

सिकागोः संयुक्त राज्य अमेरिकामा ३२ वर्षीया मुस्लिम महिलाले अमेरिकी डिपार्टमेन्टल स्टोरमा भेदभाव गरिएको आरोप लगाएकी छन् । उनले हिजाब लगाएकै कारण आफूमाथि भेदभाव गरिएको भन्दै डिपार्टमेन्टल स्टोरबाट बाहिर निस्कनुपरेको बताएकी छन् ।

इन्डियानाको ग्यारी निवासी साराह सफीले आफूमाथि ‘फ्यामिली डलर' स्टोरमा हिजाब लगाएकै कारण अपमानित हुनुपरेको बताइन् । उनले हिजाब लगाएका कारण अनुहारको अधिकांश भाग छोपिएको र त्यहाँ मोबाइलबाट त्यसको भिडियो बनाएको बताएकी छन् । आफ्ना केटाकेटीले त्यो थाहा पाएको र आफू अपमानित भएको उनको भनाइ छ । सफी स्टोरमा कोइला किन्न गएकी थिइन् ।

उनले भनिन्, ‘स्टोरमा म १० पाइलामात्र भित्र छिरेकी थिएँ । पसलकी महिला चिच्याउँदै भनिन् — कि हिजाब फाल्नुहोस् वा स्टोरबाट बाहिर निस्कनुस् ।' उनले हिजाब आफ्नो धार्मिक पोसाक भएको बताउँदा पनि ती महिलाले मानिन् । पसलकी महिला आफ्नो भनाइमा अडिग भएपछि त्यहाँबाट बाहिर निस्केको उनले बताएकमी छिन् । त्यतिखेर भएको विवाद सफीले मोबाइलमा पनि रेकर्ड गरेको बताइन् ।

अल्लाह भनेपछि विमानबाट निकालियो

अमेरिका निवासी पाकिस्तानी मूलका एक दम्पतीले आफूले विमानमा अल्लाह भनेकै कारण डेल्टा एयरलाइन्सको विमानबाट निकालिएको दाबी गरेका छन् । विमानमा पसिना आएपछि ‘अल्लाह' भनेको र फोनमा एसएमएस पठाएको देखेपछि विमान चालक दलका एक सदस्यले अप्ठेरो महसुस गर्दै विमानबाट निकालेको उनीहरूको भनाइ छ ।

नाजिया र फैसल अलीले पेरिसबाट ओहायोको सिनसिनाटी जाने क्रममा अल्लाह उचचारण गरेकै आधारमा विमानबाट निकालिएको खुलासा गरेका छन् । उनीहरूले विमानका कर्मचारीमा इस्लामोफोबिया रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

३४ वर्षीया नाजियाले विमानमा बसेका बेला आफ्ना अभिभावकलाई विमानमा चढेको जानकारी दिन एसएमएस पठाएकी थिइन् । उनी डेल्टा एयरलाइन्सको विमानको सिटमा बसिसकेकी थिइन् । विमान चालक दलका एक सदस्यले पाइलटसँग मुस्लिम दम्पतीका कारण अप्ठेरो महसुस गरेको बताइन् ।

टाउकोमा स्कार्फ बाँधेकी ती महिलाले फोन प्रयोग गरेको र उनको अनुहारमा पसिना आइरहेको भन्दै उनले पाइलटलाई सजग बनाइन् । त्यसलगत्तै उनीहरूलाई विमानबाट निकालिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.