मोहन वैद्यले प्रचण्ड सरकारविरुद्ध आन्दोलन गर्न मोर्चा बनाउने

मोहन वैद्यले प्रचण्ड सरकारविरुद्ध आन्दोलन गर्न मोर्चा बनाउने

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारविरुद्ध मोहन वैद्यले विशेष मोर्चा बनाउने भएका छन्।

नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष वैद्यले ‘बाह्यशक्तिको आडमा बनेको सरकार’ले जनताको समस्या समाधान गर्न नसक्ने बताए। सिपी गजुरेलको नेतृत्वमा अब छिट्टै संयुक्त मोर्चा गठन गरी नयाँ जनवादी दिशामा जाने जानकारी उनले दिए।

चितवनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन। हामी अलग्गै मोर्चा बनाएर छिटै आन्दोलनमा जान्छौं।


उनले सामान्य संशोधनबाट अहिलेका समस्या समाधान हुन नसक्ने बताउँदै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा सङ्घर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.