अग्ला पहाडमा चीनले बनायो सिसाको पुल (फोटोफिचर)

अग्ला पहाडमा चीनले बनायो सिसाको पुल (फोटोफिचर)

एजेन्सीः चीनमा अहिले सिसाको पुल बनाउने क्रम जारी छ । विकासका क्षेत्रमा गतिशिल चीनले अग्लाअग्ला पहाडमा सिसाको पुल बनाउन थालेको छ ।  पर्यटकलाई आकर्षित गरी आयआर्जनको क्षेत्र विकास गर्न चीनले हुनान प्रान्तको जाङगजियाजी नेसनल फरेस्ट पार्कमा कइलिङ्ग ड्रेगन पाथको एक भाग सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको छ ।

तियानमन माउन्टेनको अग्गो चट्टानमा जोडेर सिसाको पुल बनाइएको छ । पुलको लम्बाई एक सय मिटर छ । उक्त पुलमा ९९ घुम्ती बनाइएको छ । उचाई तथा गहिराईसँग नडराउनेका लागि यो एक गन्तव्य बन्छ । त्यहाँ पुग्ने पर्यटकले रमाउँदै फोटो खिचेका छन् ।

जोखिम लाग्ने उक्त पुलमा जाँदा मुटु ढक्क भएर फुल्ने गरेको भएपनि दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भने अवस्य बन्ने छ ।
चीनले यो भन्दा पहिला जाङगजियानी नेसनल फरेस्ट पार्कमै पर्यटकका लागि चार सय ३० मिटर उचाई भएको पुल सञ्चालनमा ल्याइएको थियो । तीन सय मिटरभन्दा गहिरो घाँटी गरेको सिसाको पुल विश्वको सबैभन्दा लामो पुल हो ।

उचाइमा रहेको पुल देख्दा त्यहाँ आउने पर्यटक डराएपछि त्यहाँका अधिकारीहरुले मानिसले भरिएको एउटा गाडी पुलमा गुडाएका थिए। हम्मर तथा हतौडाले हानेर पनि सिसाको पुलको परीक्षण गरिएको हो ।

तस्बिरः बिबिसी हिन्दी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.