प्रचण्डले सचिवहरुलाई यसरी दिए कडा निर्देशन

प्रचण्डले सचिवहरुलाई यसरी दिए कडा निर्देशन

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सचिवलाई तीन दिनभित्र परिणाममूखी योजना पेश गर्न कडा निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । सचिवलाई निर्देशन दिदै प्रचण्डले भने, ‘समय थोरै र चुनौतिपूर्ण समय छ तर काम धेरै छन् । मन्त्रालयको प्राथमिकता र कार्ययोजना तोकेर तीन दिनभित्र मुख्य सचिवमार्फत् मलाई ठोस योजना दिनुपर्छ ।’

उनले परिणाम निकाल्ने कार्यतालिका आवश्यक भएकोमा जोड दिएका छन् । सँगै प्रधानमन्त्री प्रचण्डले योजनाको कार्यान्वयन समेत ग्राफमा हेर्न पाउनुपर्ने बताएका छन् । ‘परिणाम निकाल्ने कार्यतालिका चाहिन्छ । निर्मम बनेर परिणाम निकालौं । योजनाको कार्यान्वयन मैले ग्राफमा हेर्न पाउनुपर्छ ।’

सरकारका प्राथमिकताबारे स्पष्ट हुन पनि सचिवलाई प्रचण्डले निर्देशन दिए । ‘संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन, भूकम्पको पुननिर्माण र नवनिर्माण, शान्ति प्रक्रियाको पूर्णता, सार्वजनिक सेवाको प्रभावकारिता एवम् सुशासन र समृद्धि सरकारका प्रमुख लक्ष्य हुन्, यसबारे सरकारका सबै संयन्त्र स्पष्ट भएर कार्यान्वयनमा जानुपर्छ,’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले कर्मचारीलाई सरुवा, बढुवा, विदेश भ्रमण, सेमिनार, गोष्ठी जस्ता औपचारिक कार्यक्रम र व्यक्तिगत लाभमा नअल्झन समेत निर्देशन दिए । ‘प्रक्रियामुखी भन्दा परिणाममुखी बन्नुहोस् । गोल निर्धारण गर्नुहोस् र परिणाम निकाल्नुहोस्, ’ प्रधानमन्त्रीले भने, ‘मलाई नतिजा चाहिन्छ । आफ्नो, अरुको भनेर काम गर्दिन परिणाम निकाल्नेलाई पुरस्कृत गर्छु र दण्डहिनताको अन्त्य गर्छु ।’

प्रधानमन्त्रीले ४० लाख युवालाई देशमा रोजगार दिन नसकिएको भन्दै विमानस्थल, अध्यागमन, भन्सार र राहदानीमा कम्तिमा पनि सास्ती नदिन निर्देशन दिए । निर्देशनका क्रममा प्रधानमन्त्रीले पूँजीगत खर्चको सामथ्र्य बढ्ने गरी काम गर्न आग्रह गर्दै कर्मचारीमाथि राजनीतिक दबाब नहुने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.