संगठित बन्ने योजनामा धरानको नाट्यकर्म

संगठित बन्ने योजनामा धरानको नाट्यकर्म

धरानः पुरानो नाट्य शहर धरानमा आरम्भ नाट्य डबलीले ‘नाट्यकर्म’ को व्यवस्थापन र प्रवद्र्धन गर्न संगठित अवधारणा अघि सारेको छ ।

धरानमा आरम्भले गरेको अन्तक्रियामा सम्भावित अवधारणामाथि विमर्श गरियो । ‘रङ्ग गोष्ठी’, ‘नाटक मेला’, ‘आधुनिक थिएटर’ लगायतका परिकल्पनामा पुराना नाट्य हस्तीहरु घोत्लिए ।  

भाषाविद् प्राडा टंकप्रसाद न्यौपानेले प्रश्न गरे ‘रङगकर्मीको पुरानो शहर भनेर चिनिएको धरानलाई किन जीवन्त नबनाउने ?’ धरानको रङगकर्मलाई जीवन्त र उर्जा दिन पुनर्संगठित आरम्भ नाट्य डबलीले सूरु गरेको अभियान प्रशंसनीय रहेको भन्दै उनले प्रशंसा गरे ।  पत्रकार जसकुमार राईले धरानको रंगकर्मलाई विद्यालयस्तरबाट अघि बढाउनु पर्ने औँल्याए ।  

आरम्भले थालनी गरेको कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताउँदै कार्यक्रममा रंगकर्मलाई निरन्तरता दिन ‘नाटक मेला’ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आरम्भका अध्यक्ष गोपाल देवानले आफूहरु त्यसमा सक्षम भएको बताए ।

धरानको रङगकर्मलाई निरन्तरता दिन धरान उपमहानगरपालिकाले अनाम नाट्य समुहलाइ दिएको जग्गामा साझा सहभागितामा रहने गरी ‘थिएटर’ निर्माण गर्न छलफल अगाडि बढाउनु पर्ने समेत गोष्ठीको निष्कर्ष थियो ।

गोष्ठीमा वरिष्ठ पत्रकार तथा साहित्यकार राजकुमार कार्कीको विशेष आतिथ्यतामा  साहित्यकार बद्री पलिखे, अग्रज पत्रकार हर्ष सुब्बालगायत र धरानका रङ्गकर्मीको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.