सार्वजनिक यातायातका गुनासो गर्न एमएसएस

सार्वजनिक यातायातका गुनासो गर्न एमएसएस

काठमाडौंः ट्याक्सी मिटरमा जान मानेन ? सर्वजनिक यातायातले भाडा बढी लियो ? आरक्षण सिटमा अरू नै बसेर यात्रा गरिरहेका छन् ? सार्वजनिक यातायातका छाडापनबाट तपाईं पीडित हुनुहुन्छ वा तपाईंका आँखाले देखेको छ भने अब त्यसको सरल समाधान गर्न सक्नुहुन्छ । ट्राफिक प्रहरीले यस्ता समस्या समाधान गर्न एसएमएस सेवा सार्वजनिक गरेको छ ।

९८५१२९५१०० नम्बरमा सेवाग्रहीले सन्देश पठाएर गुनासो गर्न सक्नेछन् । तपाईंका गुनासा सीधै उक्त नम्बरमा पठाउनुभयो भने तत्काल ट्राफिक प्रहरी कारबाहीमा उत्रिनेछ । उक्त नम्बरमा सार्वजनिकसँगै निजी सवारीसाधनका बेथितिका बारेमा सन्देश पठाउन सकिन्छ ।

एक सातादेखि उक्त नम्बर ट्राफिक एफएम र फेसबुकमार्फत सार्वजनिक गर्दा सयभन्दा बढी सन्देश आएका छन् । सन्देशमा ट्याक्सी चालक मिटरमा जान नमानेकोदेखि सार्वजनिक सवारीसाधनले बढी भाडा लिएका गुनासा आएका छन् ।

सन्देश पठाउँदा ट्याक्सी नम्बर, कहाँबाट कता जान लागेको र आफू कुन स्थानमा रहेको स्पष्ट खुल्ने जानकारी दिन महाशाखाले आग्रह गरेको छ । सार्वजनिक यातायातले बढी भाडा लिएको र आरक्षण सिटका बारेमा पनि गाडी नम्बर र कुन रुटमा चल्ने गाडीका बारेमा खुलाउनुपर्ने हुन्छ ।

उक्त एसएमएस सेवाअन्तर्गत विद्यार्थी परिचयपत्र देखाउँदा पनि विद्यार्थीले पाउने छुट सुविधा नदिएमा रुट र बस नम्बरसहित उल्लेख गरेर उजुरी दिने व्यवस्था महाशाखाले गरेको छ । सार्वजनिक यातायात सेवामा यात्रा गर्दा हैरानी भोग्नुपरेका विवरणसमेत सन्देशमा पठाउन सकिनेछ ।

एसएमएसमा प्राप्त भएपछि महाशाखाले बढी भाडा लिने बा १ ज १९७६, बा १ ज ७२७ र बा २ ज १३६७ नम्बरको ट्याक्सीलाई कारबाही गरेको छ । कपनबाट सुन्धारा जाने क्रममा यात्रुले यी तीनवटा ट्याक्सीलाई सोध्दा मिटरमा जान नमानेपछि उक्त मोबाइल नम्बरमा सन्देश पठाएका थिए । ट्राफिक प्रहरीले तत्कालै यी तीनवटा ट्याक्सीलाई कारबाही गरेको थियो ।

त्यसैगरी महाशाखाले लगनखेल-टीकाभैरव-चापागाउँ चल्ने गाडीले बढी भाडा लिएको उजुरी सन्देश प्राप्त गरेको थियो । सन्देशमा बा १ ख १०३३, बा १ ख ७८३, बा १ ख ८६४, बा १ ख ७१११, बा १ ख ३२९६, बा १ ख १०७३, बा १ ख ३२८७ नम्बरका गाडीले जम्मा ६ किलोमिटरको दूरीमा २० रुपैयाँ भाडा लिएको गुनासो गरिएको थियो ।

महाशाखाले यी सवारीसाधनलाई कारबाही गर्न यातायात व्यवस्था विभागमा पत्र पठाएको छ ।महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले एसएमएस सेवामार्फत सार्वजनिक यातायातका बेथिति नियन्त्रण गर्ने प्रयास गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.