गायब कि गयल ?

गायब कि गयल ?

शिक्षा अधिकारलाई संविधानले मौलिक अधिकारको रूपमा स्विकारेको छ । शिक्षा अधिकार कार्यान्वयन एउटा कर्मकाण्डी अभ्यास नभएर हरेक नेपाली नागरिकलाई योग्य बनाउन र राष्ट्रिय जीवनमा प्रवेशको लागि दक्ष बनाउने राज्यको दायित्व निर्वाह पनि हो, जवाफदेही हिसाबले ।

सन् २०१५ सम्म सबै बालबालिकालाई साक्षर बनाउने प्रतिबद्धता पूरा गर्न सकेन सरकारले तर विगत एक दसकमा खासगरी जनघनत्व बढी भएका तराई र मध्य पहाडी क्षेत्रका स्कुलहरूमा व्यापक भर्ना दर देखाइएको छ, कागजमा । यसको लागि दाताहरूमार्फत आएको ठूलो रकम सरकार र विभिन्न गैरसरकारी संस्थाहरूबाट खर्च गरिएको छ । तर ‘भर्ना' रेकर्डबाट कोही पनि बालबालिका स्कुल बाहिर नरहेको दाबी गरिए पनि बीचैमा स्कुल छोड्ने (ड्रप आउट) प्रवृत्तिबारे कुनै बहस, चर्चा गरिएन ।

विद्यार्थी भर्ना देखाएर सरकारी सहयोग÷अनुदान लिँदै आएका विद्यालयहरूले ‘ड्रप अउट' को प्रवृत्ति र संख्या सार्वजनिक नै गरेनन् । अर्को अर्थमा, विद्यार्थी भर्ना गरिनुको अर्थ त्यहाँको अन्तिम तहसम्मको शिक्षा सुनिश्चित हुनु या गरिनु हो भन्ने दायित्व बोध स्कुल प्रशासन, प्रबन्धन समिति र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा भएन ।

यो व्यापक त्रुटिमा कति ‘भ्रष्टाचार' भयो र कति विशुद्ध लापरबाहीका कारण भयो, सम्भवतः कहिल्यै यकिनका साथ भन्न सकिने छैन ।
तर संखुवासभाबाट हाल आधिकारिक रूपमा प्राप्त केही तथ्यांकले भ्रष्टाचार र उदासीनताको यो प्रतिनिधि विषयमा गहन छानबिन अपरिहार्य बनाएको छ ।

२०७२ जेठमा ४० हजार ३५९ जना विद्यार्थीहरू अध्ययनरत रहेका जिल्लाका ३७६ सरकारी स्कुलहरूको रेकर्ड १० महिनापछि केलाउँदा दुई हजार तीन सय वद्यार्थी फेला परेनन् । कहाँ गए ती विद्यार्थी ? कामको खोजीमा बाहिर भए ? अथवा परिवार विस्थापित भए उनीहरूका ? यदि मुलुकभित्रै अन्य जिल्लामा उनीहरूले स्थानान्तरण लिएको भए त्यसको तथ्यांक जिल्ला शिक्षा कार्यालय या विभिन्न स्कुलहरूमा हुनुपर्ने थियो, तर त्यो देखिँदैन ।

त्यस्तै दलित, उत्पीडित र शारीरिक रूपमा अशक्तहरूलाई समेत सरकारले प्रोत्साहित गर्न नसकेको सावित भएको छ, किनकि गत वर्षको तुलनामा नौ लाख रुपैयाँ कम खर्च भएको छ, छात्रवृत्ति वितरणमा ।

यो सामान्य घटना र प्रवृत्ति हैन । सर्वप्रथमतः सरकारी स्कुलहरूमा शैक्षिक गुणस्तरीयता वृद्धि गर्न सकिएको छैन र निजी तथा बोर्डिङ स्कुलहरूको तुलनामा उनीहरूको नतिजा निकै नराम्रो हुने गरेको छ, जबकि शिक्षक सुविधा आदिमा सरकारी बजेटको महत्वपूर्ण हिस्सा खर्च हुने गरेको छ । बीचमै स्कुलबाट बाहिरिँदा भोलिको प्रतिस्पर्धात्मक युगमा उनीहरूको हैसियत समाजको निम्नतम श्रेणीमा स्थापित हुनेछ ।

द्वन्द्वको आधार निर्माण गर्नेछ त्यसले, संखुवासभाको घटनाका आधारमा सरकारी स्कुलहरूमा ‘ड्रप आउट' सम्बन्धी बृहत् छानबिनसँगै । शैक्षिक स्तरीयता विकास सुनिश्चित गर्न नीति तर्जुमा र त्यसको कार्यान्वयन संयन्त्र निर्माण अनि जवाफदेहीको सुनिश्चितता अपरिहार्य बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.