ब्राजिल र अमेरिका क्वार्टरफाइनलमा

ब्राजिल र अमेरिका क्वार्टरफाइनलमा

रियो दि जेनेरियो रियोः ओलम्पिकअन्तर्गत महिला फुटबलमा पूर्वउपविजेता ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा आइतबार स्विडेनलाई ५-१ गोलले पराजित गर्दै ब्राजिल अन्तिम आठमा पुगेको हो । ब्राजिलको जितमा मार्टा र बियट्रिजले दुईदुई गोलको योगदान गरे ।

अर्को एक गोल क्रिस्टिएनले थपिन् । बियट्रिजले २१ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । मार्टाको पासमा क्रिस्टिएनले २४ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । मार्टा आफैंले ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिल मध्यान्तरअघि ३-० गोलले अगाडि रह्यो ।

त्यसपछि मार्टाले ८० औं र बियट्रिजले ८४ औं मिनेटमा गोल गरे । स्विडेनकी लोट्टा सेलिनले ८९ औं मिनेटमा गोल फर्काएकी थिइन् । समूहमा दुई खेलपछि ब्राजिलको ६ तथा चीन र स्विडेनको समान तीनतीन अंक छ । दक्षिण अफ्रिकाले खाता खोल्न सकेको छैन । ब्राजिलले पहिलो खेलमा चीनलाई ३-० गोलले हराएको थियो । समूहमा चार टोली छन् भने शीर्ष दुई टोलीसँगै तीनवटा समूहको उत्कृट दुई तेस्रो टोली पनि क्वार्टरफाइनलमा पुग्नेछन् ।

स्विडेन र चीनबीच प्रतिस्पर्धा हुन बाँकी नै छ । ब्राजिलले सन् २००४ र सन् २००८ को ओलम्पिक खेलकुदमा महिला फुटबलमा रजत पदक जितेका थियो । ब्राजिलले हालसम्म ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्न सकेको छैन । अर्को खेलमा चीनले दक्षिण अफ्रिकालाई २-० गोलले हरायो । साबिक विजेता अमेरिकासँगै क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ ।

 

समूहगत चरणको आफ्नो दोस्रो खेलमा फ्रान्सलाई १-० गोलले पराजित गर्दै अमेरिका अगाडि बढेको हो । अमेरिकाका लागि कप्तान कार्ली लियोडले गोल गरिन् । ६३ औं मिनेटमा लियोडले टोबिन हिथको प्रहार रिबाउन्ड भएपछि बनेको अवसरमा गोल गरेकी थिइन् । समूहमा अमेरिकाले दुई खेलबाट ६ अंक बटुल्यो । फ्रान्स र न्युजिल्यान्डको समान ३/३ अंक छ । कोलम्बिया भने अंकविहीन छ ।

अमेरिकाले पहिलो खेलमा न्युजिल्यान्डलाई २-० गोलले हराएको थियो । अमेरिकाले ओलम्पिक खेलकुदको महिला फुटबलमा हालसम्म चार पटक स्वर्ण पदक जितेको छ । गत संस्करणमा तेस्रो स्थान हात पारेको क्यानडाले जिम्बावेलाई ३-१ गोलले हरायो । क्यानडाको जितमा जेनिन बेकीले दुई र क्रिस्टिन सिनक्लेयरले एक गोल गरे । बेकीले सातौं र ३५ औं तथा सिनक्लेयरले १९ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो पटक ओलम्पिक महिला फुटबलमा सहभागी जिम्बावेले अन्तिम समयमा एक गोल फर्काएको थियो । क्यानडाले दुई खेलबाट ६ अंक जोडेको छ । क्यानडाले पहिलो खेलमा अस्ट्रेलियालाई २-० गोलले हराएको थियो । समूहमा दुई खेलपछि जर्मनीको चार र अस्ट्रेलियाको एक अंक छ । जर्मनी र अस्ट्रेलियाबीचको अर्को खेल भने २-२ गोलको बराबरीमा सकियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.