दुश्मनलाई सूचना दिएको भन्दै वैज्ञानिकलाई मृत्युदण्ड

दुश्मनलाई सूचना दिएको भन्दै वैज्ञानिकलाई मृत्युदण्ड

तेहरान (इरान) : इरानले मुलुकको आणविक गतिविधिमा उल्लेख्य योगदान गरेका एक वैज्ञानिकलाई आफ्नो देशको उच्च गोप्य सूचना समेत अमेरिकालाई उपलब्ध गराएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको छ।

इरानी न्यायपालिकाका प्रवक्ताले मृत्युदण्ड दिइएको जानकारी सार्बजनिक गरेका हुन्।

शाहराम अभिरी नाम गरेका प्रसिद्ध आणविक हतियार अनुसन्धातालाई राज्यको गोप्य कुरा ‘शत्रु’ लाई जानकारी गराएकाले उनलाई मृत्युदण्ड दिइएको घोलामहोसेन मोहसेनी इजेजेलाई उद्धृत गर्दै मिजान अनलाइन जनाएको छ।

अमिरी साउदी अरेबियाबाट सन् २००९ को जुलाईदेखि अघोषित रुपमा भूमिगत भई तर एक वर्षपछि अमेरिकामा सार्वजनिक भएका थिए ।

तर केही वर्षपछि अमिरीलाई इरानले स्वागत गरेको थियो । त्यसपछि भने अमिरीका बारेमा मृत्युदण्ड दिनुपूर्व खासै जानकारीहरु बाहिर आएका थिएनन् । एजेन्सीहरु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.