प्रत्यक्षदर्शीले भने, तलमाथि गर्दै अाकाशमा हल्लिएको जहाज एकछिनमै भीरमा ठोक्कियो र पड्कियो

प्रत्यक्षदर्शीले भने,  तलमाथि गर्दै अाकाशमा हल्लिएको जहाज एकछिनमै भीरमा ठोक्कियो र पड्कियो

काठमाडौं : सम्पर्कबिहिन रहेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार सोमबार अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो । 

 गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा सम्पर्कबिहिन भएको थियो।मदनपुर नजिकैको डाँडामा ठोक्किएपछि आगो लागेको स्थानीयले बताएका छन्। बादलभित्र छिरेपछि निस्कने क्रममा डाँडामा ठोक्किएको बताइएको छ।

गोरखाको सिर्दिबास ८ बाट दिउँसो १२:१० मा उडेको हेलिकोप्टर केहीबेरमै सम्पर्कविच्छेद भएको जानकारी फिस्टेल एयरका रमेश शिवाकोटीले अन्नपूर्ण अनलाइनलाई दिए। हेलिकोप्टरमा २२ वर्षीया सुत्केरी प्रिति गुरुङ, उनको चार दिनको नबजात सिशु र सासुससुरासहित परिवारका अन्य सदस्य थिए।

नाइन एनएकेए कल साइन भएको हेलिकोप्टरमा चालक र बिरामीसहित पाँचजना सवार थिए। उद्धारका लागि फिस्टेलले अर्को हेलिकोप्टर पठाएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले हेलिकोप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको र सुरक्षाकर्मीसहितको टोली घट्नास्थलतर्फ प्रस्थान गरिसकेको अन्नपूर्ण अनलाइनसँग बताए । 

प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको देखेको बताए । केहीबेरमै भीरमा ठोक्किएर आवाज र ढुँवा आएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको जानकारी दिए ।

प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको र केहीबेरमै भीरमा ठोक्किएर ठूलो आवाज निस्केको बताएका छन्। उनले नुवाकोटस्थित हाम्रा संवाददाता देवचन्द्र भट्टसँग भने, आकाशमा हेलिकोप्टर तलमाथि गरेर हल्लिएको देखियो। एकछिनमै भयानक आवाज आयो र हेर्दा धुँवा आइरहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.