गुणस्तर बढाउन बंगुरको नश्ल सुधार कार्यक्रम

गुणस्तर बढाउन बंगुरको नश्ल सुधार कार्यक्रम

इटहरीः कृषकको आय आजर्नमा वृद्धि गर्न जिल्ला पशुसेवा कार्यालय सुनसरीले बंगुरमा नश्ल सुधार कार्यक्रम सेवा सुरु गरेको छ । जिल्लाका कृषकको बंगुरपालनलाई व्यवस्थित र व्यावसायिक बनाई आय आर्जनमा वृद्धि गराउने उद्देश्यले नश्ल सुधार कार्यक्रम ल्याइएको हो ।

कृषकले व्यावसायिक बंगुरपालनमा रुचि राखेपछि यो कार्यक्रम लागू गरिएको कार्यालयले जनाएको छ । नश्ल सुधार कार्यक्रमको अभावमा बंगुरको वंशको गुणस्तर खस्किँदै गएको र बंगुरका पाठापाठी तथा मासु उत्पादनमा समेत नकारात्मक असर परेकाले गुणस्तरमा ध्यान दिँदै नश्ल सुधार कार्यक्रम सुरु गरिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिएका छन् । नश्ल सुधार कार्यक्रमले व्यावसायिक बंगुरपालनतर्फ कृषकको आर्कषण बढ्ने उनले दाबी गरे ।

बंगुरले एकपटकमा धैरै पाठापाठी जन्माउने र किसानले रेकर्ड व्यवस्थित तरिकाले नराखेका कारण बंगुरको गुणस्तर खस्किँदै गएको छ ।

बंगुरको वंशमा सुधार गर्न पशुसेवा कार्यालयले मल्टिप्लायर हर्ड र पिग्लेट प्रोडक्सन फर्म बनाई उन्नत नश्लका पाठापाठी उत्पादन र वितरण सुरु गरेको महतोले बताए । पसु सेवा कार्यालयले कृषकलाई बंगुरपालनप्रति आकर्षित गराउन पिग एन्ड पोर्क मिसन कार्यक्रमअन्तर्गत मल्टिप्लायर फर्म व्यवस्थित गर्न चार लाख, पाँचवटा पिग्लेट प्रोडक्सन हर्डलाई दुई लाख रुपैयाँका दरले १० लाख कृषकलाई अनुदान दिइने उनले बताए ।

 

सुनसरीमा ९० हजारभन्दा बढी बंगुर रहेको कार्यालयको तथ्यांक छ । कार्यालयले सुनसरीमा बंगुरपालन सुधारका लागि औरावनी, पूर्वकुशाहा, धरान, मधेली, सोनापुर र खनार क्षेत्रलाई पकेट क्षेत्र तोकेको थियो ।

चालू आर्थिक वर्षमा सुरु गरेको पिग एन्ड पोर्क मिसन कार्यक्रमअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिको हासँपोसामा एउटा मल्टीप्लायर हर्ड र पाठापाठी उत्पादन गर्ने पाँचवटा पिग्लेट प्रोडक्सन फर्ममार्फत कार्यक्रम सुरु गरिएको महतोले बताए ।


क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा बंगुरको न्युक्लियर हर्ड स्थापना भएसँगै उक्त हर्डले उत्पादन गरेका शुद्ध नश्लका बंगुर मल्टिप्लायर हर्डमा राखिने मल्टिप्लायर हर्ड सञ्चालक बमबहादुर गिरीले बताए ।

उनले मल्टिप्लायर फर्मले उन्नत शुद्ध नश्लका बंगुरका पोथी र भालेलाई व्यवस्थित तरिकाले व्यवस्थापन गरी पिग्लेट प्रोडक्सन हर्डलाई पाठापाठी वितरण गर्ने र पिग्लेट प्रोडक्सन फर्मले उत्पादन गरेका पाठापाठी कृषकलाई वितरण गर्ने बताए ।

बंगुरले एक पटकमा धैरै पाठापाठी जन्माउने र किसानले रेकर्ड व्यवस्थित तरिकाले नराखेका कारण बंगुरको गुणस्तर खस्किँदै गएको अवस्थामा पिग एन्ड पोर्क मिसन कार्यक्रमले उन्नत शुद्ध नश्लका बंगुरका पाठापाठी उत्पादन गरी कृषकलाई उपलब्ध गराउँदा हाडनाता प्रजनन रोकिने र उत्पादन बढ्ने पशुसेवा कार्यालयको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.