डुंगा पल्टिँदा दुई बेपत्ता, छ जना घाइते
पोखराः फेवा तालमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् छ जना घाइते भएका छन्। ढुंगा पल्टिदा काठमाडौं चक्रपथका १९ वर्षका प्रतिक श्रेष्ठ र एलिन केसी बेपत्ता भएका हुन् ।
श्रेष्ठ जापान र केसी विदेशमा पढेर घुम्न पोखरा आएका थिए । घाइेतहरुको मणिपाल र गन्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ओभरलोड हुनुका साथै हावाहुरीका कारण डुंगा पल्टिएको थियो ।डुंगा सार्वजनिक नभई होटलको प्राइभेट भएको र डुंगामा सवार कसैले पनि ज्याकेट नलगाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।