अरुण तेस्रो प्रवेश मार्गका कारण तीन हजार परिवारलाई सास्ती

अरुण तेस्रो प्रवेश मार्गका कारण तीन हजार परिवारलाई सास्ती

खाँदबारीः सडक कार्यालयले लागतकट्टा नगर्दा अरुण तेस्रो प्रवेश मार्ग आसपासका तीन हजारभन्दा बढी परिवारले सास्ती खेप्नुुपरेको छ । अरुण तेस्रो परियोजनाको प्रवेश मार्ग टुटेदेउराली-पिलुवाखोला-चैनपुर-सभाखोला-खाँदबारी छ्याङ्कुटी सडकखण्डमा सडकले व्यक्तिको जग्गालाई स्पष्ट लागतकट्टा नगर्दा किनबेच, नामसारीदेखि धितोसम्मका काम रोकिँदा सास्ती खेप्न बाध्य भएका छन् ।

लागत कट्टा गर्नुपर्ने कोसी राजमार्ग आसपासका जग्गाको २०४६ सालमा नापी भएको र मुुआब्जा लिइसकेको हो । यता व्यक्तिको जग्गा र सडकको जग्गालाई समेत मालपोतले रकम असुल गर्ने गरेको स्थानीयको गुनासो छ । यता सडक कार्यालयले भने सडकले नापी र मालपोत कार्यालयलाई जिम्मा दिएको भनेको छ । मालपोतमा फुकुवा नभएकाले अंशबन्डा, किनबेच र धितो राख्न नपाएको माम्लिङ ६ का यदु नेपालले बताए ।

यता माम्लिङ ६ का यदु नेपाल, डम्बर अधिकारी, माम्लिङ ८ का भक्तबहादुर गुरुङ, माम्लिङ ५ का प्रभाकर भण्डारीले जग्गाको धनीपुुर्जा लिइसकेका छन् भने बाँकीले पुर्जा पाएका छैनन् ।

मालपोत कार्यालयमा निवेदन दिएको बर्सौं बिते पनि धनी पुर्जा नपाएको र फुकुवा नभएको माम्लिङका तुलसा श्रपालीले बताए । सडकको नापी पहिलो भएको र कित्ता नापीपछि भएकाले समस्या भएको उनी बताउँछन् । सडक कार्यालयले भने मुआव्जा लिएको ३० मीटर जग्गा छुट्याएर मालपोतमा बुझाएको जनाउँछ । यता धनीपुर्जा नपाएपछि माम्लिङका मात्र पाँच सय बढी परिवार प्रत्यक्ष प्रभावित भएको छ ।

यस क्षेत्रका नागरिक अगुुवा भीम लिंखा अरुण तेस्रो परियोजनाको इलाइमेन्ट डिजाइनमा सानो बाटो भएकाले नक्सा हेरेर सडक छुट्ट्याएर व्यक्तिलाई धनीपुर्जा दिनुपर्ने माग गर्छन् । उनी भन्छन्, ‘बेकारमा जनतालाई दुःख दिनुहुन्न सरकारले ।

तत्काल विशेष टोली नै आएर लागतकट्टा गरी समस्या समधान गर्न माग गरे । यता मालपोत कार्यालय चैपनुरका मालपोत अधिकृत रामकुमारी खत्री नापीको समयमा पुर्जा नदिएको र ऐनले छूट जग्गाको सूचना नखुलाएकाले समस्या भएको बताए ।

उनी छूट दर्ता सूचना खुल्न साथ प्रक्रिया पुर्‍याएर धनीपुर्जा दिने बताइन् । मन्त्रिपरिषद्ले निर्णयले मन्त्रालयले सूचना खुलाउने प्रावधान छ । २०६९ मंसिरमा सूचना खुलाई २०७१ मंसिर २७ सम्म केही दर्ता भएको र दुई सय ५० बढी फाइल पेन्डिङमा छ बाँकी पाँच सय बढी परिवार धनीलाई पुर्जा दिन माम्लिङ क्षेत्रमा मात्र बाँकी रहेको उनले बताइन् । यता चैनपुर र खाँदबारी क्षेत्र कोसी राजमार्ग आसपासका दुुई हजार बढी परिवार यस्तै समस्यामा छन् । लगतकट्टा नहुँदा जग्गा प्रयोगविहीन बनेको छ ।

सडक कार्यालय, नापी र मालपोत कार्यालयले तत्काल समस्या समधान गरिदिन स्थानीयले माग गरेका छन् । सडक भए प्रयोग गर्न र व्यक्तिको भए धनीपुुर्जा पाऊँ भन्दै कार्यालयमा डेलिकेसनसमेत पुगेका छन् । तत्काल यसरी जग्गा व्यक्तिका नाममा पुुर्जा नदिने हो भने यस क्षेत्रमा भूमाफियाहरूको चलखेल हुुनसक्ने स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.