होस्टेलको खानाले अस्पतालका सबै नर्स बिरामी

होस्टेलको खानाले अस्पतालका सबै नर्स बिरामी

विर्तामोडः झापाको विर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत तीन दर्जन भन्दा बढी स्टाफ नर्सका विद्यार्थी फुड पोइजनिङका कारण अस्पताल भर्ना गरिएको छ ।

मंगलबार बिहानको राति करीब ३ बजेदेखि उनीहरुलाई बान्ता हुने र झाडा पखाला लागेपछि विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ । भर्ना हुनेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

मंगलबार विहानै एकाएक विद्यार्थी अस्पतालमा भर्ना भएपछि अस्पतालको आकस्मिक कक्षमा निकै भीडभाड थियो । विरामी केही छात्रा अस्पतालमै बान्ता गरिरहेका थिए भने केही बारम्बार चर्पी गइरहेका थिए ।

एकैपल्ट त्यतिविघ्न फुड पोइजनिङका विरामी अस्पतालमा भर्ना भएपछि अस्पतालका कर्मचारीलाई सबैलाई स्लाइन चढाउन र औषधिको व्यवस्था गर्न अप्ठ्यारो भइरहेको थियो ।

करीब एकसय जना रहेको कञ्चनजंघा इन्स्टिच्युटको छात्रावासका तीन दर्जन भन्दा बढी छात्रालाई एकैसाथ झाडा बान्ता भएपछि फुड पोइजनिङ भएको आशंका गरिएको थियो । इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीका अनुसार ५र६ जना विद्यार्थी रातिदेखि नै विरामी परेका थिए । उनले भने, बेलुका सँधै झैं राम्रै खाना खुवाएको हो । केहीले केराउ खाएका थिए ।

उपचारमा संलग्न चिकित्सक डा  सुदीप भट्टराईले बासी खानाको कारण उनीहरुमा फुड पोजनिङ भएको हुनसक्ने बताए । उनले भने, ुगर्मीको बेलामा खानामा गडबडी भएको हुनसक्छ ।

उनले विरामी केही छात्राको रक्तचाप स्थिर नभएको र धेरैको झाडा बान्ता अझै नरोकिएको बताए । अस्पताल भर्ना भएकाहरु स्टाफ नर्सका प्रथम, दोस्रो र तेस्रो बर्षका विद्यार्थी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.