साउन, शृंगार र अध्यात्मको महत्त्व

साउन, शृंगार र अध्यात्मको महत्त्व

हिन्दु क्यालेन्डरअनुसार साउन आध्यात्मिक रूपले महत्त्वपूर्ण महिना मानिन्छ । तर अहिले आएर हिन्दु धर्म मान्ने महिला मात्र नभएर सबै धर्म–संस्कृतिका महिलाले यो महिनालाई महत्त्वका साथ लिएको पाइन्छ ।

यो महिनाभरि भगवान् शिवको आराधना गरेमा पुण्य मिल्छ । आफ्नो संस्कारको परिचय मिल्छ, शौभाग्य, सुस्वास्थ्य मिल्छ र मन शान्त रहन्छ भन्ने धारणा रहिआएको छ । विशेषगरी महिलाले यो साउनभर व्रत लिने, शुद्ध आहारविहार र शिवजीको मन्दिर दर्शन गर्ने गर्छन् । सक्नेले महिनाभर र नसक्नेले साउनको प्रत्येक सोमबार यो नियमको पालना गर्छन् ।

हुन त हाम्रो समाजमा सजिलै यसको हल्का अर्थ लगाइन्छ । यसलाई एउटा आधुनिक फेसन, देखावटी र ढोगीको संज्ञा दिनेहरू पनि छन्, तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, साँस्कृतिक, मानसिक र भौतिक दृष्टिले पनि साउन महिना र यस महिनामा गरिने नियम पालनाको अरू महत्त्व छ ।

मन्दिर जाँदा हुने फाइदा

मानिस जति नै नकारात्मक सोचाइको भए पनि मन्दिर जाने भनेपछि उसले आफ्नो सोचाइ सकारात्मक बनाएको हुन्छ । उसमा थोरै भए पनि आस्था र श्रद्धा भाव प्रकट हुन्छ । हाम्रो शरीर, मन, मस्तिष्क शान्त रहन अनि व्यवहारमा र कर्ममा सफलता प्राप्त गर्नुमा ९० प्रतिशत हाम्रो सोचाइले काम गर्दछ भने १० प्रतिशत मात्र वातावरणले प्रभाव पार्छ । सकारात्मक सोचकै कारण एकैछिन किन नहोस्, मानिस भय र क्रोधबाट टाढा रहने अवसर प्राप्त गर्छ । बिहानको समयमा मन्दिर दर्शन गर्नाले शारीरिक र मानसिक रूपमै मानिस स्वस्थ र स्फूर्त रहन्छ ।

रंगीचंगी गहना, कपडा र शृंगारको महत्त्व

साउन महिना लागेको संकेत हाम्रा वरिपरि रहेका आमा, दिदीबहिनीहरूको रंगीचंगी पहिरन र शृंगारबाट सजिलै अनुमान गर्न सकिन्छ । विशेषगरी साउनमा रातो, हरियो र पहेलो रंगको बढी प्रयोग भएको देखिन्छ । यी सबै रंग मिसिएको झिलिमिली पहिरन, हातभरि हरिया, राता र पहेंला चुराहरू, हत्केलामा रातो मेहन्दी, गलामा हरियो, राता, पहेंला पोतेहरू अनि सिउँदोमा सिन्दूरमा सजिएका महिलाले आफ्नो सौभाग्यको रूपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ ।

बिहे गरेका महिलाहरूले शिवजीको आराधनामार्फत आफ्ना श्रीमान्को दीर्घायू, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन, सुसंस्कृत श्रीमान् पाऊँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंवदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो प्रचलनबाट । अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग र संवेदना उत्पन्न गर्ने महत्त्वपूर्ण पक्ष हो ।

हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रहरूको प्रभाव सात रंगसँग छ, त्यसरी नै महिलाहरूले प्रयोग गर्ने पहिरन र गहनाहरूका रंगले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्त्व राख्छन् । जस्तै- रातो रंग प्रेम, शक्ति र साहसको प्रतीक, सेतो रंग पवित्रताको प्रतीक, हरियो रंग प्रकृति र आत्मीयताको प्रतीक, पहेंलो रंग बौद्धिकताको प्रतीक, नीलो शान्तिको प्रतीक, सुन्तला रंग रचनात्मक शक्ति, बैजनी रंग होस र ध्यानको प्रतीक आदि अर्थ लगाइन्छ । त्यसैले जीवन, जगत् र पदार्थसँग रंगहरूको प्रभाव सँगसँगै रहन्छ ।

महिलाले नै व्रत बस्नुको कारण

भगवान् शिवलाई कल्याणकारी, अरूको रक्षा गर्ने र शक्तिका प्रतीक भगवान्को रूपमा मानिन्छ । शिव भगवान्मा भएको गुण हाम्रो आचरणमा पनि प्रवेश गरोस् । हाम्रो स्वभाव पनि कल्याणकारी होस् । यही देशना भगवान् शिवले मनुष्य जातिलाई दिनुभएको छ । त्यसैले भगवान् शिव के महिला, के पुरुष, के हिन्दु, के बौद्ध जोसुकैले अनुसरण गरे हुन्छ ।

तर विशेषगरी महिलाहरू नै व्रत बस्नुको कारण भने महिला, पुरुषको स्वाभाविक भिन्नता र प्राकृतिक बनोटको कारणले हो । किनभने प्रकृतिले महिला र पुरुष दुवैलाई एकअर्काका परिपूरक मनुष्यको रूपमा जन्म दिए पनि सामाजिक मान्यता हेर्ने हो भने सधैँ महिला र पुरुषबीच बहस चलिरहेको हुन्छ । एकले अर्कोलाई फरक मानेर समानताको लडाइँ चलिरहेको छ परापूर्वकालदेखि ।

 

हाम्रो समाज जहाँ र जहिलेदेखि सुरु भएको भए पनि पुरुष प्रधानता बनेको छ र यसको वास्तविक कारण पुरुष र महिलाको दिमागी सन्तुलनको कारण अर्थात् उनीहरूको बौद्धिक क्षमता र प्रयोगको आधारमा यो रहेको छ । किनकि महिलाहरू आफ्नो दायाँबायाँ र दुवै मस्तिष्कलाई सन्तुलित रूपमा प्रयोग गर्न सक्छन् भने पुरुषहरू एउटा मात्र दिमागको प्रयोग गर्दछन् ।

अमेरिकी शोधकर्ताहरूका अनुसार पनि पुरुषको मस्तिष्कको बनावट अगाडिबाट पछाडि भागतिर गएको हुन्छ र तन्तुको सहायताबाट एकदोस्रोसँग जोडिएको हुन्छ । जबकि महिलाको मस्तिष्कको बनावटमा तन्तुहरू बायाँबाट दायाँ र दायाँबाट बायाँ दुवै तर्फबाट एकअर्कासँग जोडिएका हुन्छन् ।

हाम्रो खास उद्देश्य मनुष्य जीवनलाई खुसी र आनन्दका साथ जिउनु हो । आफूखुसी आनन्द चाहनेले अरूको लागि पनि कल्याणकारी सोच राखेर कर्म गर्नुपर्छ । जब हामीले गरेको कर्म सत्य हुन्छ, कल्याणकारी र सुन्दर पनि हुन्छ ।

 पुरुषको मस्तिष्कमा तन्त्रीका तन्तुको संख्या धेरै हुन्छन् भने महिलाको मस्तिष्कमा न्यून कोषिकाको रक्षा गर्ने भाग ग्रे मोटर धेरै हुन्छ । यसकै कारण हुन सक्छ, महिला र पुरुषको दिमागी सन्तुलन र स्वभावमा फरक पर्नुको कारण । विशेषज्ञकै अनुसार यही फरक दिमागी सन्तुलनको कारण पुरुष धेरै व्यावहारिक र उसको दिमाग धारणा बनाउने, तर्क गर्ने र परिस्थिति सम्हाल्नमा प्रयोग हुन थाल्यो भने महिलाको मस्तिष्कको बनोटअनुसार महिलाहरू बढी भावुक र संवेदनशील हुन पुगे ।

यही कारण पुरुषहरू बौद्धिक र व्यावहारिक अनि महिलाहरू धेरै विश्लेषणात्मक हुनु र बुद्धिले काम लिनुभन्दा भावुक र हृदयले सोच्ने स्वभावका भए । तर हृदयले काम लिने हुँदा पुरुषको भन्दा महिलाको विश्लेषण गर्ने तरिका अरू गहिराइ र प्रेमले भरिएको हुन्छ । त्यसैले पनि प्रकृतिसँग रमाउने, एकान्तमा रमाउने, भावनामा डुब्ने लक्षण र शक्ति महिलासँग नै भएको र व्रत लिने, भावनात्मक हुने र प्रार्थनामा डुब्न सक्ने स्वभाव पुरुषको कमै हुने हुँदा महिलाहरू यस क्षेत्रमा अगाडि देखिएका हुन सक्छन् ।

तर आजभोलि पुरुषहरूले पनि व्रत अर्थात् फास्टिङ गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । वैज्ञानिक रूपले हेर्दा पुरुषहरूले पनि हप्तामा एकपटक या त महिनामा दुईपटक जति पानी मात्र खाएर फास्टिङ गर्नु स्वास्थ्यको दृष्टिकोणले लाभदायक छ । हाम्रा आधुनिक खाना, फास्टफुड र विषादीयुक्त खाना अनि खाना ग्रहणको अनुपातमा नहुने शारीरिक अभ्यासका कारण धेरै रोगका सिकार बन्दै गइरहेका छन्, मानिसहरू । त्यसैले पनि हप्ताको एक दिन फास्टिङ बस्नु उपयुक्त हुन्छ ।
हामीले जीवनमा जति भागदौड गरे पनि, जति बुद्धिमत्ता अपनाएर आफूलाई उच्च कोटीको मनुष्यमा राख्न चाहे पनि हाम्रो खास उद्देश्य मनुष्य जीवनलाई खुसी र आनन्दका साथ जिउनु हो । आफूखुसी आनन्द चाहनेले अरूको लागि पनि कल्याणकारी सोच राखेर कर्म गर्नुपर्छ । जब हामीले गरेको कर्म सत्य हुन्छ, कल्याणकारी र सुन्दर पनि हुन्छ । हाम्रो मूल मन्त्र सत्यम्, शिवम्, सुन्दरम्को भाव पनि सार्थक हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.