खोटाङ कारागार स्थानान्तरण गर्न पत्राचार

खोटाङ कारागार स्थानान्तरण गर्न पत्राचार

काठमाडौंः बाढीपहिरोको कारण जिल्ला कारागार खोटाङमा रहेका सयभन्दा बढी कैदीबन्दी जोखिममा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले तत्काल स्थानान्तरण गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगको स्थलगत अनुगमनका क्रममा जुनसुकै बेला बन्दीको जीवन संकटमा पर्नसक्ने अवस्था देखिएको छ ।

उक्त कारागारमा ९४ पुरुष, १४ महिला र पाँच आश्रित बालबालिका छन् । कारागार अनुगमनका क्रममा वर्षाका कारण महिला कैदीबन्दी बसेको भवन चर्केर भत्केको भेटिएको छ ।

साउन १६ को वर्षाका कारण कारागारको मूल भवन भत्किएको, दुईवटा सुरक्षा पोस्ट् बगाएको, महिला कैदीबन्दी रहेको भवनको पर्खाल चिराचिरा परेको तथा कारागारको कम्पाउन्डको केही भाग र ढलसमेत बगाएको छ । कारागारको शौचालयको सेफ्टीट्ंयाकी भत्किएर दुर्गन्ध फैलिएको र वर्षाका कारण कारागारको दायाँबायाँ करिब नौदस मिटरजति खण्ड लच्किएको छ ।

‘कारागार भवन पूर्ण क्षतिग्रस्त भएको छ । अनुगमनबाट जुनसुकै बेला कैदीबन्दीको जीवन थप संकटमा पर्ने देखिएको छु, आयोग प्रवक्ता मोहना अन्सारीले अन्नपूर्णसँग भनिन्, ‘भूकम्पले पनि कारागार क्षति पुर्‍यायो । सुधारका लागि आयोगले २०७२ सालमै सिफारिस गरेको थियो । तर अहिलेसम्म कुनै प्रगति भएन ।'

अन्सारीले बन्दीलाई तत्काल सुरक्षित स्थानमा सार्न आयोगले सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको बताइन् । महिला कैदीको शौचालय र भान्छाकोठासँगै भएका कारण स्वास्थ्यमा समस्या परेको, बालबच्चा बिरामी परेको, समयमा औषधि उपचार नपाएको, दूषित खानेपानी र ढुसी आएर अमिलिएको चामलको कारण कैदीबन्दीको स्वास्थ्य अवस्था बिग्रदै गएको आयोगको अनुगमनले देखाएको छ ।

विनाशकारी भूकम्पपछि मुलुकमा रहेका जीर्ण कारागारको अवस्था अनुगमन गरी आयोगले २०७२ साल असार २७ मा कारागार सुधारका लागि सिफारिस गरेको हो । ‘हालसम्म कार्यान्वयन नहुनु दुःखद् पक्ष होु, अन्सारीले भनिन् । आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनद्वारा प्रदत्त सुरक्षित रूपमा बाँच्न पाउने प्रत्येक व्यक्तिको जीवन र स्वास्थ्य अधिकारबाट जिल्ला कारागार खोटाङका कैदीबन्दी वञ्चित हुनुपरेको जनाएको छ ।

पर्खाल चिरा परेका कारण बन्दीको अवस्था नाजुक बनेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । प्राकृतिक प्रकोपबाट मानवीय क्षति हुन नदिने तर्फ संवेदनशीलता देखाई परिस्थितिलाई मध्यनजर राखी आवश्यक पर्ने उपकरण र अन्य सामग्रीको यथोचित व्यवस्था गर्न आयोगले भनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.