अब माओवादी विद्यार्थी संगठनको नाम अनेरास्ववियु (क्रान्तिकारी)

अब माओवादी विद्यार्थी संगठनको नाम अनेरास्ववियु (क्रान्तिकारी)

काठमाडौँ: विभिन्न १० माओवादीको एकतापछि बनेको नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) हुने भएको छ ।

विभिन्न १० माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनबीचको एकतापछि नाम परिवर्तन हुने भएको हो । बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर क्रान्तिकारी विद्यार्थीले साउन १३ को राष्ट्रिय भेलाका महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रको विद्यार्थी संगठनले नरेन्द्र न्यौपानेको नेतृत्वमा ९९ सदस्यीय पदाधिकारी चयन गरेको छ । संगठनको सचिवालय तीन सय ३३ सदस्यीय हुने छ भने नौ सय ९९ केन्द्रीय समिति निर्माण हुनेछ । संगठनले न्यौपानेकै नेतृत्वको समितिले पुस २३ देखि २७ गतेसम्म  २१ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

संगठनले एकता अभियानलाई सक्रिय बनाउन भदौ १० गतेभित्र प्रदेश एकता भेला, भदौ अन्तिम सम्ममा जिल्ला एकता भेला र असोज १५ गतेभित्र एकाइ एकता भेला गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.