अब अस्थायी मतदाताले मतदान गर्न पाउदैनन्

अब अस्थायी मतदाताले मतदान गर्न पाउदैनन्

काठमाडौँ: निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयक मस्यौदा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरेको प्रस्तावित विधेयकमा सो प्रस्ताव गर्दै कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडामा मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगद्वारा विधेयकमाथि राजनीतिक दलको सुझाव लिन आज यहाँ आयोजित छलफलमा कुनै पनि राजनीतिक दलले सो प्रावधानमाथि कुनै सुझाव र टिप्पणी गरेनन् ।

सो विधेयकका अधिकांस प्रावधान प्रतिनिधिसभाको निर्वाचनको लागि तयार पारिएको प्रस्तावित मस्यौदाका बुँदाजस्तै रहेका छन् ।

थ्रेसहोल्ड बढाउः ठूला दल
छलफलमा सहभागी ठूला राजनीतिक दलका नेताले प्रतिनिधि सभा र प्रदेशसभाका लागि एउटै ‘थ्रेसहोल्ड’ नराख्न आयोगलाई सुझाव दिएका थिए । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका दुवैका लागि १।५को थ्रेसहोल्डको प्रावधानको मस्यौदा गरेको छ ।

नेपाली कांग्रेस र एमालेले कम्तिमा प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा सात प्रतिशत थ्रेसहोल्ड पु¥याउन सुझाव दिएका थिए ।

नेकाका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले थ्रेसहोल्ड बढाउन, निर्वाचन कोषको व्यवस्था गर्न र प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारलाई प्रोत्साहन गर्न आयोगले निश्चित अनुदान दिने व्यवस्था गर्न र विशेष निर्वाचन क्षेत्र घोषणा गर्न सुझाव दिए ।

एमाले नेता रघुजी पन्तले स्थीर सरकारका लागि प्रतिनिधिसभामा दस प्रतिशत र प्रदेशसभामा सात प्रतिशत थे्रेसहोल्डको व्यवस्था गर्न, दल नीति र विचारले सञ्चालन हुने हुँदा निर्वाचनमा आरक्षणको पनि व्यवस्था  गर्नुपर्ने बताए ।

थ्रेसहोल्ड खारेज गरः साना दल
प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवैमा थ्रेसहोल्ड नराख्न सानादलले आयोगलाई सुझाव दिएका थिए । सांसद गोपाल दहित, रुक्मिणी चौधरी र शिवजी यादवले थ्रेसहोल्डको व्यवस्था नगर्न, निर्वाचनको तिथि मिति घोषणा गर्ने अधिकार आयोगमा नै हुनुपर्ने सुझाव दिए ।

उनीहरुले चक्रिय प्रणालीको निर्वाचन पद्धति अपनाउन, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न आयोगलाई बलियो बनाउनुपर्ने बताए ।

मतदानस्थमै मतगणनाको व्यवस्था गरिँदै
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा मतदानस्थमा नै मतगणना गर्ने व्यवस्था गर्न र प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा एउटै मतपत्रको व्यवस्था गर्ने सोच आयोगले बनाएको जानकारी दिए ।

‘निर्वाचनका लागि अति महत्वपूर्ण ती दुवै कार्य गर्न आयोगले गृहकार्य गरिरहेको छ, आगामी निर्वाचनमा यसको सुरुवात गर्छौं’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका लागि आयोग तयार छ, यसका लागि सरकारले पूर्वाधार तयार गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.