प्रचण्डको रिमोट कन्ट्रोल कहाँ छ, त्यो मलाई थाहा छ : ओली

प्रचण्डको रिमोट कन्ट्रोल कहाँ छ, त्यो मलाई थाहा छ : ओली

काठमाडौ : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादीको गठबन्धन 'रिमोट कन्ट्रोल’बाट चलेको बताएका छन्।

प्रेस चौतारी नेपालले बुधवार पार्टी मुख्यालय धुम्बारहीमा आयोजना गरेको अन्तरसंवादमा ओलीले भने, प्रचण्ड वा यो गठबन्धनको रिमोट कन्ट्रोल कहाँ छ, त्यो मलाई थाहा छ । त्यसैले अहिले च्यानल परिवर्तन हुदा छक्क मान्नु पर्दैन। च्यानल चेन्ज भइरहन्छ।

उनले आफु नैतृत्वको सरकार हटाउन ठूलो षडयन्त्र रचिएको बताएका छन् ।उनले भने, मलाई हटाउनुपर्ने कुनै कारण थिएन । मलाई हटाउन षडयन्त्र रचियो । त्यो षडयन्त्र एमाले विरुद्ध मात्र होइन, मुलुकविरुद्ध पनि हो ।

ओलीले त्यो षडयन्त्रमा कांग्रेस–माओवादी गोटी बनेको लागेको आरोप लगाए । ‘अहिले केपी ओलीलाई कमजोर बनायो भने नेकपा एमाले कमजोर हुन्छ । नेकपा एमाले कमजोर भने मुलुक कमजोर हुन्छ भन्ने ध्याउन्नमा केही साथीहरु लागेका छन्न’ उनले भने, ‘एमाले कसैले लगाएको लिस्नो चढेर आएको पार्टी होइन । सबैलाई हेक्का होस् । देशलाई दूरगामी असर पर्ने काम गर्न एमालेले कुनै हालतमा दिने छैन ।

उनले एमालेलाई कमजोर बनायो भने महाभारतमा भिस्मलाई शैया चढाएर लडदा सजिलो भए जस्तो सोचेको भए एमाले कुनै शैया नचढ्ने पार्टी भएको उनले बताए । ओलीले आफुले सरकारको नेतृत्व लिदा देशमा असाधरण र नाकावन्दीको अवस्था रहेको उल्लेख गरे। उनले आफु नेतृत्वको सरकारले एक देशमा निर्भर हुने कुराको अन्त्य गरेको र समानताका आधारमा देशलाई सार्बभैमसत्ता स्वाधिन राष्ट्रका रुपमा स्थापित गरेको बताए। उनले देश भित्र आत्मनिर्भरता कायम राख्ने हो भने नाकावन्दीले केही फरक नपर्ने दावी गरे।

ओलीले एमाले कसैको हक्पी–दप्कीबाट नहच्किने नदच्किने दाबी गरेको छन् । उनले भने ‘ पूर्व प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विभिन्न देशमा सिफारिस गरेका राजदूत नियुक्तिको निर्णयलाई उल्ट्याउने काम गरेर माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संवैधानिक कानुन विपरित काम गरेको आरोप लगाए । ‘राजदूतले बेठिक काम गरे भने फिर्ता बोलाउन सकिन्छ ।मन परेन भने बेठिक काम गरे भन्ने आरोप पनि लगाउन सकिन्छ तर, सुनुवाईकै क्रममा रहेका राजदूतलाई मन्त्रीपरिषद्ले जुन ढंगको निर्णय गरेको छ । यो अराजनीतिक, प्रतिशोधपूर्ण र असंवैधानिक पनि छ ।’
उनले राजदूतका सन्दर्भमा माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई च्यानल चेन्ज गरेको संज्ञा दिए। ओलीले त्यसलाई एक माघले जाडो नजाने बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले मुलुकलाई कसरी संवृद्ध बनाउन सकिन्छ भनेर आफूलाई लिखित निवेदन दिए वा सुझाव मागे आफू दिन तयार रहेको दाबी गरे । ‘देश संवृद्ध बनाउने योजना एमालेसँग छ,’ उनले भने, ‘ प्रचण्डले मुलुकलाई कसरी संवृद्ध बनाउन सकिन्छ भनेर आफूलाई लिखित निवेदन दिए वा सुझाव मागे म दिन तयार छु ।’

ओलीले नेपाली कांग्रेस र माओवादीले संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्न खोजेको अरोप लगाए । ‘माओवादी मेरो नेतृत्वकै सरकारमा रहेका विभिन्न तहका निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो,’ ओलीले भने, ‘मंसिरमा स्थानीय, वैशाखमा प्रदेशिक र अर्को मंसिरमा संसदीय निर्वाचन गर्ने कार्यतालिका बनाइएको थियो ।

अहिले ती सबै निर्वाचन समयमा नगरेर संवैधानानिक र राजनीतिक रिक्तताको अवस्था सिर्जनगर्ने षडयन्त्र भैरहेको छ । तर, एमाले ती षडयन्त्रलाई असफल बनाउँछ ।’ उनले संवैधानिक र र राजनीतिक रिक्तता देशको भविष्यसँग पनि जोडिएको भन्दै त्यसता षडयन्त्रलाई असफल बनाउँन सबै नेपाली लाग्नु पर्नेमा जोड दिए ओलीले पार्टीहरु आफु मिलेमा राम्रा हुने भएपनि यस भन्दा अघि अर्काले मिलाई दिदा न्यायधिशको नेतृत्वमा मुलुक गएको र अहिले पनि त्यहि दिशामा धकेल्ने षडयन्त्र भएको बताए ।

ओलीले देशलाई द्वन्द्वमा लैजाने षडयन्त्र भैरहेको पनि आरोप लगाए । ‘देशलाई उचित दिशातिर लैजाने काम एमाले नेतृत्वको सरकारले गर्दै थियो,’ उनले भने, ‘तर, अहिले देशलाई उचित दिशतिर भन्दा पनि द्वन्द्वमा लैजान खोजिएको छ । देशलाई असफलतारित लैजान खोजिएको छ । यो देशका लागि पनि दूर्भाग्यपूर्ण कुरा हो । ’

पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गेरका निर्णयलाई प्रचण्ड नेतृत्वको सरकारले आफ्नो निर्णय भन्दै गरेका निर्णयको पनि आलोचना गरे । ‘मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई १० लाख क्षतिपूर्ति दिने निर्णय म प्रधानमन्त्री भएको बेला गरिएको हो,’ उनले भने, ‘अहिले प्रचण्डजीले फेरि १० लाख दिने निर्णय गरेछन् । मलाई अचम्म लाग्यो ।

ओलीले आन्दोलनका क्रममा घाइत भएकाहरुको उपचार खर्च र मृतकका परिवारलाई दिने खर्च केही दलले उनीहरुलाई होइन पार्टीलाई दिनुपर्छ भनेको र आफूले व्यक्तिलाई दिएको पनि खुलासा गरे । ‘उहाँहरुले आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेलाई राज्यले दिने रकम पार्टीलाई दिनुपर्छ भन्नुभएको थियो । सरकारले व्यक्ति र परिवारलाई दिएपछि उहाँहरु रिसाउनु भएको थियो ।’ ओलीले पार्टी मरेको वा पार्टीको हातखुट्टा नभाँचिएकाले जसको मृत्यु भयो जो घाइते भए उनीहरुको परिवार र उनीहरुलाई दिएको दाबी गरे ।

ओलीले प्रधानमन्त्री निवास छाड्दा केपी ओलीले नाङ्लो लग्यो, कुचो लग्यो भनेर समाचार छापेको भन्दै आक्रोस व्यक्त गरे । ‘ओली समय भन्दा अघि नै छाड्ने व्यक्ति हो,’ उनले भने, ‘बालुवाटार छाड्दा ओलीले कुचो र नाङ्लो लग्यो भन्दै अर्कै कुनै ठाउँको दृष्यलाई बालुवाटारको भान्छाघर भनेर छापे । कठैवरा उनीहरुलाई देख्दा दया लाग्छ । ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.