स्थानीय निकायको पुनरसंरचनाका लागि नयाँ मापदण्ड बनाउने

स्थानीय निकायको पुनरसंरचनाका लागि नयाँ मापदण्ड बनाउने

काठमाडौं : नयाँ मापदण्ड बनाएर स्थानीय निकायको पुनसंरचना गर्ने सहमति कांग्रेस र माओवादीबीच भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार प्रधानमन्त्री कार्यलयमा आयोजना गरेको स्थानीय निकायको चुनाव र पुनरसंरचनासम्बन्धी बैठकमा यस्तो सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवासहित दुवै दलका नेताहरु सहभागी थिए। बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ मापदण्ड बनाएर स्थानीय निकायको पुनरसंरचना गर्नेबारेमा सकारात्मक छलफल भएको बताए ।

उनीहरूले देशभर पाँच सय ६६ वटा मात्रै गाउँपालिका बनाउनुपर्ने भनी स्थानीय निकाय पुनर्संरचना आयोगले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा सच्याउनुपर्ने पक्षमा कांग्रेस एमाले देखिएका छन् ।

भूगोल र जनसंख्या दुवै हिसाबले यो उपयुक्त नहुने तर्क कांग्रेस माओवादीको छ। अहिले झन्डै चार हजार गाउँ विकास समिति छन्। कांग्रेस एमालेले स्थानीय निकायको पुनसंरचना गरेर चैत मसान्तसम्म स्थानीय चुनाव गर्ने सहमति गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.