नविना लामा र ऐन महरको टकरावले अनेरास्ववियुमा तीन चिरा

 नविना लामा र ऐन महरको टकरावले अनेरास्ववियुमा तीन चिरा

काठमाडौँ: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र महासचिव ऐन महरको टकरावले तीन चिरा भएको छ । एउटै प्यानलबाट महाधिवेशनमा विजयी भएका लामा र महरबीचको विवादले अनेरास्ववियु तीन चिरा भएको हो ।

६ महिनाअघि सम्पन्न राष्ट्रिय महाधिवेसनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एक समूह र पार्टीका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनालको अर्को समूहबीच प्रतिस्पर्धा भएको थियो ।

महाधिवेसनमा एकै प्यानलबाट चुनाव जितेका ओली पक्षीय अध्यक्ष लामा र महासचिव महरबीच अहिले फाटो आएको छ । अध्यक्ष लामाले महाविधेसन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विभिन्न विभागमा जिम्मेवारी नतोकेको,  आफू निकट नेतालाई मात्र जिम्मेवारी दिएको भन्दै महासचिव महर पक्ष असन्तुष्ट बनेको हो ।

अध्यक्ष लामाको कार्यशैलीप्रति आपत्ति जनाउदै महर पक्षले अध्यक्षसँग अनुमति नलिई एकलौटी निर्णयबाट भदौ ४ गतेका लागि राष्ट्रिय भेला आयोजना गरेको छ । भेला बोलाएको विषयमा अध्यक्ष लामालाई महरले टेलिफोनबाट मात्र जानकारी गराएका छन् ।

‘दुई वर्षको कार्यकालका लागि निर्वाचित साथीले ६ महिनासम्म पनि जिम्मेवारी पाएका छैनन् । त्यसैमाथि अध्यक्षले कुनै पनि बैठकबाट निर्णय नगराई केहि साथीलाई आफूखशी जिम्मेवारी तोकेकी छन्,’ महरले भने, ‘यस्ता गतिविधिले कार्यकर्तालाई अन्यौलमा पारेको छ । यस्ता अन्योलता हटाउनु महासचिव भएको नाताले मेरो जिम्मेवारी हो । त्यही भएर भेला बोलाएको हुँं ।’

लामा र महर पक्षको मिलनबाट गत फागुनमा सम्पन्न २२ औं महाविधेसनमा लामा पक्षले बहुमत पदमा विजयी हासिल गरेको थियो । भेलामा ७५ प्रतिशत भन्दा धेरै कार्यकर्ता उपस्थित हुने महरको दाबी छ । अध्यक्ष लामाले भने महरले भेला बोलाएको विषयमा आफूलाई जानकारी नभएको बताइन् । हाल उपत्यका बाहिर रहेकी लामाले भनिन्,‘म संगठनकै कामको सिलसिलामा सुर्खेत आइपुगेको छु । मेरो अनुपस्थितिमा महासचिवले कुनै पनि निर्णय गर्न सक्दैनन् । यदि भेला बोलाइएको भए पनि यो अनेरास्ववियुको आधिकारिक भेला होइन ।’

अध्यक्ष लामाले भने संगठन विधान अनुसार चलेको दाबी गरेकी छन् । अहिले महरको भेला बोलाउने निर्णयमा उपाध्यक्षद्धय सुनिता बराल र महेश बर्तौला तथा सचिवहरु अमृत बुढा, आरसी लामिछाने र समिक बडाल, धर्मेन्द रोकाय तथा निर्वाचन आयोगका अध्यक्ष तुलसी मैनाली लगायतको समूहले समर्थन जनाएका छन् ।

अनेरास्ववियुमा कार्यविभाजनको विषयमा विवाद भएको सचिव आरसी लामिछाने स्वीकार गर्छन् । ‘कार्यविभाजनको विषयवस्तुमा अनेरास्ववियुमा केही विवाद अवश्य देखिएका छन्’ लामिछानेले भने ।

‘कार्यविभाजनको विवाद अन्त्य गर्दै केन्द्रीय सदस्य, सचिवालय सदस्य र पदाधिकारीको सहमतिसहित कार्यविभाजनको निर्णय सार्वजनिक गर्ने र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीका लागि भेला गर्ने योजनामा छौँ,’ सचिव लामिछानेले भने, ‘यी सबै योजनासहितको भेलाको अध्यक्षता नविना लामालाई गराउने, सबै खाले विवादलाई अन्त्य गर्ने र अस्थिरताभित्र अस्तित्व खोज्ने क्रियाशिल तत्वलाई निस्तेज पार्न हामी लागिपरेका छौँ ।

एकै प्यानलबाट चुनाव तिजेका अध्यक्ष र महासचिव जितेका लामा र महरबीच फुट आएपछि माधव नेपाल नेपाल पक्षको समर्थनमा सचिव बनेका सुदेश पराजुलीले भने महासचिवले बोलाएको भेला अवैधानिक भएको बताएका छन् । पराजुलीले भने, ‘महासचिवजस्तो व्यक्तिले यस्तो भेला बोलाउनु भनेको संगठनकै बदनाम गराउनु हो । महासचिवले पदीय मर्यादालाइ ख्याल गर्न जानेनन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.