नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँः प्रतिनिधि विवादमा अल्झिएको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचित समितिले बिहीबार मतदाता नामावली प्रकाशित गर्ने प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदानको कार्यतालिका तय हुने लामिछानेले बताए । साउन २३ गते उद्घाटन भएको महाधिवेशन २५ गते सकिनुपर्ने भए पनि प्रतिनिधि विवादका कारण लम्बिएको हो । मृकुटीमण्डपमा जारी महाधिवेशन निर्धारित समयमा नसकिएपछि अबको निर्वाचन प्रक्रिया कांग्रेस मुख्यालय सानोपामै हुने भएको छ ।

निर्वाचन प्रक्रिया सानेपामा भए पनि प्रतिनिधिलाई सानपिनको व्यवस्था भने विश्वभाषा र बाल्मीकै क्याम्पसमै हुने छ । नेविसंघले महाधिवेशन प्रयोजनका लागि साउन २३ देखि २५सम्म भृकुटीमण्डपको खुला क्षेत्र भाडामा लिएको थियो । उक्त क्षेत्र प्रतिदिन दुई लाख १० हजारका दरले भाडामा लिइएको लामिछानेले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.