सुत्केरी बिदा अब ६ महिनासम्म !
नयाँदिल्लीः भारतले सुत्केरीलाई दिइने सेवा विस्तार गरेको छ । नरेन्द्र मोदी सरकारको केन्द्रिय मन्त्रिमण्डलले बच्चा जन्माइसकेकी आमाका लागि ६ महिना बिदा दिने निर्णय गरेको हो । यसअघि सुत्केरी महिलाका लागि तीन महिना बिदा दिइने गरिएको थियो ।
त्यस्तै मोदी सरकारले बच्चा गोद लिने अर्थात अर्काको बच्चा लिने महिलाका लागि पनि तीन महिना बिदा दिने निर्णय गरेको बीबीसीले जनाएको छ ।
बिदाको अवधिमा नोकरीबाट आउने सम्पूर्ण सुविधा पनि जारी रहनेछ ।
१० जनाभन्दा बढी कर्मचारी कार्यरत सम्पूर्ण कार्यालयमा यो नियम लागू गरिने भारत सरकारको तयारी रहेको छ । यो नियम लागू भएपनि रोजगारिमा रहेका भारतका १८ लाख महिलाहरु लाभान्वित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस !
७