सेवाभन्दा बढी सास्ती खेप्दै नगरबासी

सेवाभन्दा बढी सास्ती खेप्दै  नगरबासी

खाँदबारीः राज्यले मापदण्ड तयारी गरी ह्वात्तै नगरपालिका घोषणा गरेपछि सेवाग्राही थप सास्ती खेप्न बाध्य भएका छन् । बिनापुर्वधार अव्यवहारीक रुपमा राज्यको निकायमा बस्ने केही व्यक्तिले नगरपालिका घोषणा गरे पछि सेवाग्राहीले मर्का खेप्नु परेको छ ।

राज्यले कायम रहेको गाउँबिकास समितिलाई नगरपालिका घोषणा गर्न हतार मात्र गरे तर पुर्नबिचार समेत नगरी पुर्वधारको व्यवस्था गरेका छैनन । संखुवासभामामात्रगतबर्ष चैनपुर र मादि नगरपालिका घोषणा भएहालखाँदबारी सहित गरी तीननगरपालिका रहेका छन् । तर यि घोषीत नगरपालिकामा कर्मचारी, भौतिक संरचना र दक्षप्राबिधिक केहीको पनि व्यवस्था नभएकाले थप समस्या खेप्न बाध्य छन् ।

नगरपालिका घोषणाभयो तर खुसी छैन दुखकष्ट खेप्न बाध्य भएकोपुर्व गाविस अध्यक्ष चैनपुर-१८ का मीनबहादुर दाहाल बताउछन् । सबिक खराङ गाविसका अध्यक्ष समेत रहेका उनीजनताले नगरपालिका भएपनि राजश्व बढी तिर्नु पर्ने, सेवा सुबिधाबाट बञ्चित भई सानो काम लिँदा समेत महिनौ धाउनु पर्ने जस्ता समस्या खेप्नु परेको तितो यथार्थ बताए ।

उनी चैनपुर नगरपालिकाको वडानम्बर १,२,३,४,५ ,१७,१८ र १९ वडाबासी कार्यालय धाउनदुई दिन सम्म हिड्नु पर्ने बाध्यताभएको बताए ।

राज्यले नियम बनाएको तर कार्यान्वयन नगरेकाले नगरबासीले थप कष्ट भोग्नु परेको नगरबासीको आरोप छ । दुई सय रुपैयाँमाहुने राजश्व एक हजार रुपैयाँ सम्म तिर्नु पर्ने गाउँगाउँमा टहरो बनाउदा समेत नक्सापास जस्ता व्यवहारीक समस्याआएको मादिनगरपालिकाका बिदुर लिङथेपले बताए ।

कम्जोरी नगरपालिकाभन्दापनि राज्यको हो, कर लिए र जनतालाई सुबिधादिन सकेन यस्तो अव्यवहारीक निर्णय गरेर यातनादियो राज्यले, उनले तितो यथार्थ पोखे ।

नगरपालिकामा खानेपानी,सडक,बिद्युत, स्वास्थ्य,शिक्षा जस्ता दैनिकजीवनको आवस्यकता समेतको व्यवस्थाहुन सकेको छैन । तर नगरपालिकाको मापदण्डमा जनतालाईफसाए पछि उल्टै भुमरीमाजनता पसेको पाइन्छ । राज्यकै नितीनियमलाई मान्दा समेत कर्मचारी र दक्षकर्मचारी अभावले दैनिकहुने काममा समेत बाँधापुगेको छ ।

गाविसका सहायककर्मचारीहरुले नगरपालिकालाई धान्दै आएकाले सुसासन पुर्ण रुपमागुमेको चैनपुर नगरपालिका-५ का दातेम्बा शेर्पा बताउनुहुन्छ । गाविसको बोर्डमात्र फेरिए जस्तो लाग्यो, थपनगरपालिकाको नितीले समस्याथपियो सुबिधा केहीपाइएन, उनले भने, ।

जिल्लाको तीन वटै नगरको एउटै समस्याउस्तै छ । नितीकार्यान्वयनगर्न समस्या, कर्मचारी अभाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.