उपप्रधानमन्त्री निधिलाई भारत र महरालाई चीन पठाउने सरकारको निर्णय
![उपप्रधानमन्त्री निधिलाई भारत र महरालाई चीन पठाउने सरकारको निर्णय](https://annapurnapost.prixacdn.net/media/albums/pm_office_new-57ac1574b22d40.74832918_D0d9hAQoe6.jpg)
काठमाडौँ: बिहीबारको मन्त्रिपरिषद् बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराउन दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेको छ ।
सरकारले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो ।
सँगै मन्त्रिपरिषद बैठकले बजार अनुगमनलाई तिब्रता दिदै कालोबजारीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । दुई मन्त्रीलाई छिट्टै भारत र चीन पठाउने निर्णय भएको भए पनि मिति भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)