जीवनको बिसौनीमा मानिस के सोच्छ ?

जीवनको बिसौनीमा मानिस के सोच्छ ?

काठमाडौंः जीवनको बिसौनीमा पुग्दै गर्दा मानिस के सोच्छ ? फर्केर आफ्नो जीवनलाई कसरी हेर्छ ? उसमा अस्तित्वबोध र क्रोध कसरी उत्पन्न हुन्छ ? यस्तै प्रश्नको जवाफ खोज्दै ‘थिएटर मल'मा नाटक प्रदर्शन भइरहेको छ ।

आइरिस नाटककार स्यामुएल बेकेटको नाटक ‘क्र्याप्स लास्ट टेप'को नेपाली सन्दर्भमा गरिएको रूपान्तरण ‘एकलव्यको अन्तिम टेप'को प्रदर्शन सुरु भएको हो । नाटकको नेपाली रूपान्तरण शंकर रिजालले गरेका हुन् ।

करिब ५० मिनेट लामो नाटक एउटै दृश्यमा सकिन्छ । त्यो पनि एकै पात्रमा । मञ्चमा देखिने वृद्ध पात्रले बाकसमा राखिएका टेप खोतल्दै रक्सीको तालमा बजाउँदै जान्छ । हरेक टेपमा उसको किशोरावस्था र जीवनका अन्य चरणहरूको स्मृति कैद गरिएको छ ।

जीवनका पुराना दिनहरू सम्झँदै आफ्ना अप्राप्ति, गुमाइ र कमजोरीहरूप्रति रिसाउँदै मुमुर्रिरहेको पात्रले हरेक दर्शकलाई आफ्नै जीवनबोध उधिन्न उत्प्रेरित गर्दछ । विगको पीडाले नेपाली विगत समेट्छ । द्वन्द्वको आलो घाउ, राजनीतिक निराशा, विकृत वर्तमान र अन्धकार भविष्यको पीडामा अल्झिएको वृद्ध पात्रको मुखबाट अन्तिममा निस्कन्छ- ‘हे भगवान् ! मेरो जीवनबाट यी उमेरहरू लैजाऊ ।'

अस्तित्ववादी लेखक बेकेटको अब्सर्ड नाटक नेपाली दर्शकका लागि भिन्दै स्वाद हुनसक्छ । सन् १९५८ मा पहिलो प्रदर्शन गरिएको नाटकको नेपाली रूपान्तरणमा मौलिक लेखनलाई न्याय गरिएको टिप्पणी गर्छन् लेखक कुमार नगरकोटीको । थिएटर मलमा भेटिएका कुमारले बेकेटको उक्त नाटक निकै मनपर्ने भएकाले हेर्न आइपुगेको बताए ।

अस्तित्वको खोज गरिएको नाटक आफ्नो रुचि अनुकूल भएकाले नेपाली रूपान्तरण गरिएको नाटक निर्देशक शंकर रिजालले बताए । साउनको अन्तिम सातासम्म प्रदर्शन हुने नाटकको मुख्य भूमिकामा सुदम सिकेलाई देख्न पाइन्छ ।

निखारिएको अभिनयले उनी दर्शकलाई मञ्चमा तानिरहन सफल देखिन्छन् । संगीत र प्रकाशको कुशल संयोजनले नाटकलाई थप आकर्षक बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.