बिना–विभागीय तीन मन्त्रीलाई मन्त्रालय दिइयो

बिना–विभागीय तीन मन्त्रीलाई मन्त्रालय दिइयो

काठमाडौँः तीन बिना–विभागीय मन्त्रीलाई बिहीबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

केहीदिनअघि दोस्रो पटक विस्तार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिना विभागीय मन्त्री दीपक बोहोरालाई आपूर्ति, विक्रम पाण्डेलाई भूमीसुधार र जयदेव जोशीलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै आपूर्तिमन्त्री बोहेराले भने, ‘भर्खरै मन्त्रालयको जिम्मेवारी लिएँ ।'

पहिलो चरणको मन्त्रिपरिषद्मै माओवादीका कृष्णबहादुर महरालाई उपप्रधान तथा अर्थमन्त्री र कांग्रेसका बिमलेन्द्र निधिलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । सँगै कांग्रेसका रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने भने माओवादीका गौरीशंकर थारु कृषि र दलजीत श्रीपाली युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

कांग्रेस र माओवादीकै आन्तरिक विवादका कारण प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउने सम्भावना देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.