प्रधानमन्त्री प्रचण्ड भन्छन्ः हामी जोखिमपूर्ण अवस्थामा छौँ

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः हामी जोखिमपूर्ण अवस्थामा छौँ

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटक आफूले जोखिमपूर्ण अवसर पाएको बताएका छन् । बिहीबार राष्ट्रिय सतर्कता केन्द्र स्थापनाको १४ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले यस पटक जोखिमपूर्ण अवसर प्राप्त गरेका छौँ ।’

जोखिमपूर्ण अवसर प्राप्त भएकाले राज्यका संरचना प्रभावकारी र परिणाममूखी हुनुपर्ने उनको भनाइ छ । ‘हामीमा राष्ट्र निर्माणको संकल्प हुनुपर्छ । त्यसका लागि राज्यका सबै संरचनाले प्रभावकारी परिणाम दिन सक्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रा कतिपय सरकारी संरचना फगत औपचारिकताका लागि बनेको जनगुनासो छ, अब सरकारी संरचनालाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको प्राथमिकताका विषय संविधान परिमार्जन, भूकम्पपछिको पुननिर्माणदेखि आर्थिक समृद्धिसम्म रहेको उल्लेख गरे । उनले भने, ‘संविधानको परिमार्जनसहित कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पुननिर्माण र नवनिर्माण, प्रभावकारी जनसेवा सहितको सुशासन र आर्थिक समृद्धि सरकारका मूख्य प्राथमिकतामा छन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.