हुन्डाइको ‘थ्री एस’ सेन्टर झापाको विर्तामोडमा

हुन्डाइको ‘थ्री एस’ सेन्टर झापाको विर्तामोडमा

काठमाडौँ: नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले झापाको विर्तामोडमा आफ्नो नयाँ ‘थ्री एस’ डिलर संचालनमा ल्याएको छ । सर्भिस सेन्टरको उद्घाटन बिहीबार न्यु अटो प्लाजा कन्सर्न प्रालिकी चन्द्रमाया थापा र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकार श्रेष्ठले संयुक्त रुपमा गरे ।

कम्पनीले न्यु अटो प्लाजा कन्सर्न प्रालिसँगको सहकार्यमा विर्तामोडमा हुन्डेको नयाँ ‘थ्री एस’ सेन्टर स्थापना गरेको हो । सेन्टरमा ग्राहकका लागि सुविधा सम्पन्न बिक्री कक्ष कक्ष समेत राखिएको छ । विक्री केन्द्र सँगै सेन्टरमा अत्याधुनिक मर्मत सेवा तथा हुन्डाई जेनुयिन स्पेर पार्टस् खरिद सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

अन्तर्राष्ट्रिय स्तरको यस सोरुममा एकैचोटि ५–६ वटा हुन्डाई ब्रान्डमा सजिएका विभिन्न मोडेलका गाडि अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने उदेश्यसहित संचालनमा ल्याएको सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ ।

सेन्टरलाई एयरकन्डिसन तथा वाइफाई युक्त बनाइएको छ । सेन्टरमा पुग्ने ग्राहकले एयरकन्डिसन र वाइफाइका साथ आराम कक्षमा बस्न पाउने छन् । सेन्टरमा पर्याप्त पार्किङको व्यवस्था गरिएको छ भने मासिक ४ सय ५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.