भारत पुगेर राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउछुः निधि

भारत पुगेर राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउछुः निधि

काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमण र भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा उनले संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

मन्त्रिपरिषद् बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री महराको भ्रमण चीनका राष्ट्रपति सि जिन पिङको सम्भावित नेपाल भ्रमण र दुई देशको सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने उपप्रधानमन्त्री निधिले बताए ।

प्रधानमन्त्री दाहालले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र समन्वय बढाउने उद्देश्यसहित आफूहरुलाई उक्त देशमा पठाउन लागेको उनको भनाइ छ ।

डेढ महिनामा संविधान संशोधन
उपप्रधानमन्त्री निधिले आन्दोलनरत मधेसी, जनजाति, थारुको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए ।

उनले संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार तयार रहेको धारणा व्यक्त गरे । उपप्रधानमन्त्री निधिले भने, ‘सीमाङ्कन, राष्ट्रियसभाको गठन र वैवाहिक नागरिकताको विषयमा मुख्य विवाद देखिएको छ, यसमा के कति गर्न सकिन्छ, प्रयासरत छौँ ।’ उनले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र मधेसी मोर्चासँगको थप छलफल गरेर डेढ महिनामै संसद्मामा संविधान संशोधन प्रस्ताव दर्ता हुने जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टी सहमत हुन नसक्ने भन्ने अभिव्यक्ति दिएपनि संशोधनमा सहयोग गर्ने आफूले विश्वास लिएको उनको भनाइ छ । उनले भने, ‘उहाँ (अध्यक्ष ओलीले) संविधान गतिशील दस्तावेज भएको र यसमा संशोधन गर्न सकिन्छ भन्नुभएको छ । त्यसैले एमालेले संविधान संशोधन प्रस्तावमा सहयोग गर्ने विश्वास लिएका छौँ ।’

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)बीच भएको सातबुँदे सहमति मधेसी मोर्चासँग भएको तीनबुँदे सहमतिअनुरुपका काम सरकारले अगाडि बढाइसकेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.