माओवादीले आज पनि मन्त्री छान्न सकेन

माओवादीले आज पनि मन्त्री छान्न सकेन

काठमाडौं: सरकार विस्तार तथा नयाँ मन्त्री छान्न शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्रीको नामावली टुंगो लगाउन सकेको छैन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको एक साता भन्दा बढी भइसक्दासम्म पनि माओवादीमा मन्त्रीका आकांक्षी बढी भएकाले मन्त्री छान्न नसकेको छैन् । प्रधानमन्त्रीसँगै माओवादीले तीन जनालाई मन्त्री बनाइसकेको छ ।


तर पाँच जना मन्त्री छान्न हम्मेहम्मे भएपछि मन्त्रीपरिषद् विस्तार प्रभावित बन्दै आएको छ ।

त्यस्तै महाधिवेशन पनि आगामी पुसमा नहुने भएको छ । माओवादी केन्द्रले महाधिवेशनको मिति तय गर्नका लागि छलफल गर्ने भएको हो । माओवादीले पुस २३ देखि गर्ने तय भएको थियो ।

महाधिवेशन आगामी जेठ-असारमा गर्नेबारे छलफल भएको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.