माओवादी नेता प्रभाकरले लेखा समितिको सभापतिबाट राजीनामा दिए

माओवादी नेता प्रभाकरले लेखा समितिको सभापतिबाट राजीनामा दिए

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्वजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

शर्माले शुक्रबार बसेको लेखा समितिको बैठकमा पेश गरेको राजीनामा प्रस्ताव पारित भएको हो । व्यवस्थापिका संसद अन्तर्गतको लेखा समिति सभापति प्रमुख प्रतिपक्ष दलले लिने प्रचलन अनुसार शर्माले राजीनामा दिएका हुन् । शर्माले भने, ‘बदलिँदो राजनीतिक परिस्थितिलाई ख्याल गर्दै सभापति पदबाट राजीनामा दिएको हुँ ।’

माओवादी भित्र शर्मा मन्त्रीबन्ने विषयमा बहस भइहरेका बेला राजीनामा आएको हो ।  शर्माले सभापति पदबाट राजीनामा दिए पनि सदस्य भने रहिरहने बताएका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.