युवाको रहस्यमय मृत्यु

युवाको रहस्यमय मृत्यु

चितवनः चितवनको रत्ननगरमा एक युवाको रहस्यमयरुपमा मृत्यु भएको छ ।

शुक्रबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा स्थानीय २५-२६ वर्षका विप्लव देवकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार बिहान करिब ३ः३० बजेको समयमा रत्ननगर नगरपालिका–११ जिरौनाका देवकोटाको आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.