शिक्षा भ्रष्टाचार र दलालीको मारमाः लोहनी

शिक्षा भ्रष्टाचार र दलालीको मारमाः लोहनी

काठमाडौंः  नेकपा माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले मुलुकको शिक्षा भ्रष्टाचार र दलालीको मारमा रहेको बताएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) ले शुक्रबार राजधानीमा आयोजना गरेको वर्तमान शैक्षिक संकट र समाधानविषयक अन्तरक्रियामा लोहनीले भने, ‘एउटा भीसीका लागि दस करोडसम्म लेनदेन हुन्छ भन्ने सुनिएको छ । कयौं शैक्षिक निकायमा भ्रष्टाचार र दलाली भएका मुद्दा पार्टीमा आएका छन् । यो अवस्था अन्त्य नभएसम्म शैक्षिक समस्या हल हुन सक्तैन ।'

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले आन्दोलनरत अखिल क्रान्तिकारीलाई शैक्षिक आमहडताललगायत आन्दोलन रोकेर वार्ताबाटै समाधान खोज्न आग्रह गरे । उनले भने, ‘आन्दोलनकारीलाई हडताल गरेपछि सरकारलाई दबाब पर्छ र माग पूरा गर्छ भन्ने परेको होला । म आन्दोलन सुरु नहुँदै दबाबमा छु । त्यसैले आन्दोलन गरेर क्षति हुनुभन्दा पहिले नै वार्ताबाट समाधान निकालौं ।'

अवधारणा प्रस्तुत गर्दै क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले एक मुलुक दुई शैक्षिक नीति भएकाले शिक्षाले नै समाजमा वर्ग विभाजन गरिरहेको धारणा राखे । उनले शैक्षिक विसंगति, शुल्क वृद्धि, दलाली र भ्रष्टीकरणविरुद्ध आन्दोलन घोषणा गरिएको जानकारी पनि दिए ।

कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, शिक्षा विभागका महानिर्देशक खगराज बराल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसी, विभिन्न शिक्षक संगठनका अध्यक्ष र शैक्षिक निकायका प्रतिनिधिले शैक्षिक विसंगति अन्त्य गर्न राज्य पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेकपा माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले मुलुकको शिक्षा भ्रष्टाचार र दलालीको मारमा रहेको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) ले शुक्रबार राजधानीमा आयोजना गरेको वर्तमान शैक्षिक संकट र समाधानविषयक अन्तरक्रियामा लोहनीले भने, ‘एउटा भीसीका लागि दस करोडसम्म लेनदेन हुन्छ भन्ने सुनिएको छ । कयौं शैक्षिक निकायमा भ्रष्टाचार र दलाली भएका मुद्दा पार्टीमा आएका छन् । यो अवस्था अन्त्य नभएसम्म शैक्षिक समस्या हल हुन सक्तैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.