राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ। सरकार विस्तार भइरहेको ढिलाइबारे राष्ट्रपतिले चासो राखेकी थिइन्।

राष्ट्रपतिले सरकार विस्तारमा धेरै समय अल्झिँदा अरु महत्वपूर्ण काम ओझेलमा पर्नसक्ने बताएकी थिइन्। स‌ंविधान कार्यान्वनमा सहमतिका आधारमा अघि बढ्न सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री दाहालले आइतबारसम्ममा सरकारले पूर्णता पाउने जानकारी दिएका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको जानकारी प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.