विस्थापित हुँदै पुरानो रिक्सा

विस्थापित हुँदै पुरानो रिक्सा

जनकपुरधामः नयाँ प्रविधिका ई रिक्सा र अटो रिक्सा बजारमा छ्यापछ्याप्ती बढ्न थालेपछि पुरानो पाङ्ग्रे रिक्सा चलाउनेहरू यस पेसाबाट विस्थापित हुन थालेका छन् ।

५५ वर्षीय उदीत झाका चारवटा रिक्सा थिए । ती रिक्सा भाडामा लगाएर उनी परिवार चलाउनसक्ने आम्दानी गरिरहेका थिए । आफू पनि रिक्सा चलाउने गरेका झालाई बजारमा आएका नयाँ प्रविधिका ई रिक्साले पेसाबाटै विस्थापित गरेको छ । ब्याट्रीबाट चल्ने आधुनिक रिक्साका कारण नयाँ पुस्ताका युवाले पाङ्ग्रे रिक्सा भाडामा लिन नमानेको र आम्दानी पनि थोरै हुन थालेपछि सबै रिक्सा थन्क्याएर अहिले झा गाउँमा गई खेतीपाती गर्न थालेका छन् ।

२० वर्षपहिले भारतको जयनगरबाट रोजगारीको खोजीमा जनकपुर आएका ४५ वर्षीय राजकुमार यादवले रिक्सा भाडामा लिई चालकको काम गर्न थालेका थिए । नगरमा सवारी ओसारपोसारको एकमात्र साधन रिक्सा भएकाले त्यसबेला राम्रै कमाइ हुने गरेको यादवले सुनाए । दुई छोराछोरी र जहानलाई सहरमा कोठाभाडा लिई भरणपोषण गर्ने र शिक्षादीक्षाने व्यवस्था रिक्साको कमाइले नै पुग्ने गथ्र्यो । तर अहिले ई रिक्साका कारण आफ्नो पेसा संकटमा परेको यादवले बताए ।

‘अब त सबै त्यही रिक्सा चढ्छन् । यो रिक्सा चलाएर गुजारा चलाउन निकै गाह्रो छ', यादवले भने । यादवजस्तै रामेछापबाट ३० वर्षअगाडि जनकपुर आएका रामजी बुढाथोकी अब रिक्सा चलाएर जीविकोपार्जन गर्न निकै गाह्रो रहेको बताउँछन् । नगरभरि अटो रिक्साको बिगबिगी छ । ‘अलिकति पुँजी भएकाहरूले अटो रिक्सा किनेर आम्दानी गर्न थालेका छन् ।

यस्तोमा पुरानो रिक्सा कसैले रुचाउँदैनन्', बुढाथोकीले भने । पहिला भाडामा रिक्सा लिँदा दिनको २० देखि ३० रुपैयाँ साहूलाई बुझाउनुपथ्र्यो तर अहिले दैनिक ८० देखि सय रुपैयाँ रिक्साको भाडा बढाइएको छ । एकातिर रिक्साको भाडा बढेको र अर्कोतिर यात्रुले सवारी कम उपयोग गरेपछि जेनतेन कमाएको पैसा पनि साहूले नै लिने गरेको उनको भनाइ छ । दैनिकी नचलेपछि रिक्सा चलाउने काम छाडेर नयाँ काम गर्ने बुढाथोकीले बताए ।

जनकपुरमा रहेका करिब आधा दर्जन रिक्सा ग्यारेज अहिले बन्द हुने अवस्थामा पुगेका छन् । दुई वर्षपहिलेसम्म ६ सयको हाराहारीमा नगर क्षेत्रमा सञ्चालनमा रहेका रिक्सा घटेर अहिले डेढ सयमा सीमित भएका छ । पाङ्ग्रे रिक्सा र ई रिक्सा सञ्चालनको कुनै निश्चित रुट निर्धारण नगरिएको र भाडामा समेत असमानता भएकाले पाङ्ग्रे रिक्सा चलाउनेहरूलाई गाह्रो भएको हो ।

पछिल्लो समयमा बिनाकुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण एकातिर पाङ्ग्रे रिक्साचालक विस्थापित हुने समस्या बढेको छ भने अर्कोतिर जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ । जनकपुरमा हाल ब्याट्रीबाट चल्ने ई रिक्सा ८ सयजति छन् भने डिजेलबाट चल्ने अटो रिक्सा ५ सयको संख्यामा छन् । ई रिक्साको संख्या बढ्दै गए पनि नगरमा सडक पुरानै रहेको र गल्लीमा बाटो जर्जर रहेकाले सधैंजसो जाम हुने र सवारी आवतजावतमा कठिनाइ हुने समस्या थपिँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.