नेपाललाई झड्काः पारस खड्का गोल्डेन डकआउट
काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेदरल्यान्डसविरुद्धको ब्याटिङमा पारस खड्का गोल्डेन डकआउट भएका छन् ।
अनिल मण्डल आउट भएपछि ब्याटिङ गर्न पुगेका पारस गोल्डेन डकआउट भएका हुन् । पारस आउट हुँदा नेपाललाई ठूलो झड्का लागेको छ ।
१३ ओभरको समाप्तीमा ३ विकेट गुमाउदै नेपालले ४० रन बनाएको छ । ज्ञानेन्द्र मल्ल दुई चौकासहित १२ बलमा ११ रन बनाएर आउट भएका थिए । भने अनिल मण्डल र पारस खड्का समेत आउट भएपछि नेपालमाथि दबाब परेको छ । अहिले क्रिजमा सरद भेषावकर र सागर पुन छन् । नेपालले नेदरल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
विश्व क्रिकेट लिग च्याम्पियनको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाएको हो । आठ टोली सहभागी विश्व क्रिकेट लिगमा नेदरल्यान्ड शीर्ष स्थानमा छ भने नेपाल छैठौँ स्थानमा छ । नेपालले सोमबार समेत नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी शीर्ष चार टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटको प्रतिस्पर्धा गर्न पाउने छन् ।
प्रतियोगितामा नेपाल, नेदरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्ससहि ८ राष्ट्र सहभागी छन् ।
६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा भने ६ खेलमा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।