मतदाता नामावली आएन, नेविसंघको चुनाव अन्योलमा

मतदाता नामावली आएन, नेविसंघको चुनाव अन्योलमा

काठमाडौं : नेविसंघको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि आइतबार देखि सुरु हुने भनिएको निर्वाचन मतदाता नामावली टुंगो नलागेपछि फेरि अन्योलमा परेको छ।

विवादित जिल्ला तथा कलेजमा एक हजार प्रतिनिधि थप्ने सहमतिअनुसार सम्बन्धित पक्षबाट मतदाताहरुको विवरण उपलब्ध नगराएपछि शनिबार मतदाता नामावली सार्वजनिक हुन सकेन । कृष्ण सिटौला पक्षले उपलब्ध गराएको दुई सय जनाको सूची पनि विवादित भएको छ।

सिटौला पक्षले कलेज र जिल्लाबिना नाम मात्रैको सूची दिएपछि त्यसमा प्रश्न उठाइएको छ । त्यसैगरी थप गर्ने सूचीमा दस प्रतिशत प्रतिनिधि अनसनमा बसेका महेन्द्र शर्मासहितका समूहले दिने भनिए पनि शर्मा नै अहिले सम्पर्कमा छैनन् । सहमतिअनुसार सम्बन्धित पक्षबाट थप प्रतिनिधिहरुको एकिन सूची आउन नसकेपछि मतदाता नामावली सार्वजनिक गर्न नसकिएको निर्देशक समितिका सदस्य गोविन्द भट्टराईले अन्नपूर्ण अनलाइनसँग बताए।

सिटौला पक्षले पठाएको २ सय जनाको सूची मान्य नहुने भन्दै राजधानीस्थित कलेज तथा तीन जिल्लाका सभापतिहरुले विरोध गरेका छन्। उनीहरुले राजधानीमा शनिबार अलग्गै पत्रकार सम्मेलन गरेर यसमा छानबिन हुनुपर्ने माग राखेका छन्। अध्यक्षमा दाबेदारसमेत रहेका दीपक भट्टराईले भने, कलेज र जिल्लासमेत उल्लेख नभएको सूची हामी मान्दैनौं। यसमा छानबिन हुनुपर्छ।

राजधानीस्थित कलेज तथा तीन जिल्लाका नेविसंघका सभापतिहरुले शनिबार नै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सिटौला पक्षले पठाएको २ सय जनाको सूची आफूहरुलाई मान्यन हुने र यसमा छानबिन हुनुपर्ने माग राखेका छन्। त्यसलाई मान्यता दिए महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.