प्रचण्डलाई बधाइ दिन मोहन वैद्य बालुवाटार पुगे

प्रचण्डलाई बधाइ दिन मोहन वैद्य बालुवाटार पुगे

काठमाडौं : नेकपा माओवादी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र  वैद्यबीच संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम, द्वन्द्वकालीन मुद्दाहरुको व्यवस्थापन,पार्टी एकतालगायतका विषयमा छलफल भएको थियो । वैद्यले दरो खुट्टा टेकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रचण्डलाई सुझाव दिएका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि वैद्यले नयाँ मोर्चा गरेर आन्दोलन थाल्ने घोषणा गरेका थिए । बालुवाटार भेटमा प्रचण्डले माओवादी क्रान्तिकारीले उठाएका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउँदै संविधान कार्यान्वयनम सघाउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले माओवादी (क्रान्तिकारी) का अध्यक्ष वैद्य बधाइ दिन आएको र पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको जानकारी दिए। माओवादी (क्रान्तिकारी) नेता हरिभक्त कँडेलले सुकुम्बारी समस्या समाधानका विषयमा छलफल भएको अन्नपूर्ण अनलाइनसँग बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.