'कांग्रेस र माओवादीले षड्यन्त्र गरेर सरकारमा जान दिएनन्'

'कांग्रेस र माओवादीले षड्यन्त्र  गरेर सरकारमा जान दिएनन्'

मोरङः मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेस–माओवादी केन्द्रले आफूलाई सरकारमा जान नदिन ठूलो षड्यन्त्र गरेको बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले घुमाउरो शैलीमा भने, ‘हाम्रो पार्टीलाई सरकारमा सहभागी हुन नदिएन केही ठूला पार्टी र केही व्यक्तिले षड्यन्त्र गरिरहेका छन् ।’

गच्छदारले मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको समेत बताएका छन् । उनले मधेसी मोर्चाले प्रधानमन्त्री हटाउन र प्रधानमन्त्री बनाउन मात्र तीनबुँदे सहमति गरेको आरोपसमेत लगाए ।

गच्छदारले मधेसको समस्या समाधान गर्न र संविधानको सफल कार्यान्वयनका लागि पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी र मधेसी मोर्र्चाबीच सहमति आवश्यक रहेको बताए ।

संविधान कार्यान्वयन र मुलुकको समस्या समाधानका लागि मुख्य दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै अध्यक्ष गच्छदारले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउँदैमा समस्याको समाधान नहुने जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.