प्रधानमन्त्री प्रचण्ड पूर्वपरराष्ट्रमन्त्री पाण्डेको निवासमा
![प्रधानमन्त्री प्रचण्ड पूर्वपरराष्ट्रमन्त्री पाण्डेको निवासमा](https://annapurnapost.prixacdn.net/media/albums/Prachanda-vs-Ramesh-nath-Pandey-57af34bbd3a8f0.15309553_sfPGU2DrWn.jpg)
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबीच भेटवार्ता भएको छ । पाण्डे निवासमा प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै पुगेका थिए ।
भेटमा पछिल्लो राष्ट्रिय राजनीति र बाहिय देशसँगको सम्बन्धलाई कसरी अगाडि बढाउने विषयमा छलफल भएको पूर्वपरराष्ट्रमन्त्री पाण्डेले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
‘राष्ट्रिय राजनीतिलाई र अन्तराष्ट्रिय सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भयो,’ पाण्डेले भने, ‘मैले बुझेका कुरा उहाँलाई भने ।’
पाण्डेले मुलुकको परिस्थिति र राजनीतिक घटनाक्रम सँगै संविधाननलाई कसरी नेपालको हितमा प्रयोग गर्ने भन्ने सम्बन्धमा कुराकानी भएकोसमेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)