नेविसंघ निर्वाचन ३२ गते (निर्वाचन कार्यतालिकासहित)

 नेविसंघ निर्वाचन ३२ गते (निर्वाचन कार्यतालिकासहित)

काठमाडौंः एघारौं महाधिवेशन उद्घाटन भएको १० दिनपछि आगामी मंगलबार नेपाली कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । महाधिवेशन प्रतिनिधिका बारेमा रहँदै आएको लामो विवाद शनिबार राति साम्य भएपछि निर्वाचन समितिले प्रतिनिधिहरूको नामावली प्रकाशित गरेको छ । समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

महाधिवेशन प्रतिनिधिमा विवाद हुँदा बन्दसत्र न नभई निर्वाचन हुन लागेको हो । आगामी मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि साँझ ७ बजेसम्म निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।

समितिले तीन हजार सात सय ६० प्रतिनिधिको नामावली प्रकाशन गरेको हो । संघको ११ औं महाधिवेशनको गत आइतबार राजधानीको भृकुटीमण्डपमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । अधिवेशन हुन बाँकी रहेका विभिन्न ११ जिल्ला र केही क्याम्पसमा प्रतिनिधि छनोटमा देखिएको विवाद दुई दिनअघि भागबन्डाका आधारमा समाधान भएको थियो ।

भागबन्डाअनुसार सभापति देउवा, नेता रामचन्द्र पाडेल र कृष्णप्रसाद सिटाला र महेन्द्र शर्मा पक्षले प्रतिनिधिहरूको नामावली पार्टीले गठन गरेको निर्देशक समितिलाई शनिबार बुझाएका छन् । निर्देशक समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने, ‘केही साथीहरूले प्रतिनिधिको नामावली ढिला दिँदा समस्या आएको थियो अब नामावली आइसकेकाले निर्वाचन प्रक्रिया अघि बढ्छ ।'

यसैबीच अनशन बसेका आधारमा ११ जिल्ला र केही क्याम्पसका प्रतिनिधिमा गरिएको भागबन्डा खारेज नगरे नेविसंघक एउटा समूहले त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएको छ ।

नेविसंघ नेता दीपक भट्टराई नेतृत्वको झन्ड २५ जिल्लाका सभापति र तीन दर्जन क्याम्पसका सभापतिको समूहले शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अनशन बसेका आधारमा प्रतिनिधि दिँदा पार्टीभित्र कुसंस्कार मालाउने भन्द तत्काल खारेज नगरे आफूहरू पनि आमरण अनशनमा बस्ने बताएका छन् ।

यसअघि सिटाला समूहलाई दुई सय २५ प्रतिनिधि र महेन्द्र शर्मा समूहलाई एक सय १० प्रतिनिधि दिने सहमतिमा विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलले अनशन तोडेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.