अनावश्यक चासो नदिन छिमेकीलाई सल्लाह 

अनावश्यक चासो नदिन छिमेकीलाई सल्लाह 

काठमाडौंः एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुरक्षाबाहेक अन्य विषयमा चासो नराख्न छिमेकी मुलुकलाई चेतावनी दिएका छन् । पार्टी निकट बुद्धिजीवी परिषद्द्वारा राजधानीमा शनिबार आयोजित अन्तरक्रियामा नेता नेपालले छिमेकी मुलुक भारतले नेपालप्रति अनावश्यक चासो देखाइरहेको भन्दै असन्तुष्टि जनाए ।

पूर्वप्रधानमन्त्री नेपालले सुरक्षाका विषयमा छिमेकी भारतको पनि चासो रहनुपर्ने तर त्यसबाहेक नेपालको आन्तरिक मामिलामा उसको हस्तक्षेप र चासो स्वीकार्य नहुने बताए ।

‘भारतले सबै विषयमा चासो लिन जरुरी छैन', उनले भने, ‘सुरक्षाको चिन्ता भारतसँग पनि जोडिएको छ । त्योबाहेकका विषयमा चासो राख्न जरुरी छैन ।'

आफ्नो सुविधा र सहजताका आधारमा कुनै पनि स्वतन्त्र मुलुकले आफूले चाहेको देशसँग व्यापार गर्न सक्ने भन्दै नेता नेपालले चीनसँगका सम्झौताका विषयमा भारत चिन्तित हुनुपर्ने कारण नरहेको बताए ।


नेता नेपालले संविधान जारी गर्ने शक्तिका बीचको सहमतिले मात्र संविधान कार्यान्वयन हुने भन्दै कांग्रेस र एमालेबीच सहमतिको आवश्यकता औंल्याए । ‘अहिले पहिलो र दोस्रो ठूलो दल मिल्नु हुँदैन । एउटा दल अनिवार्य विपक्षमा बस्नुपर्छ भन्ने हल्ला गरिएको छ', नेपालले भने, ‘संविधान कार्यान्वयन गर्ने हो भने कम्तीमा पनि यी दुई दलबीच सहमति हुनुपर्छ ।'

नेता नेपालले एक हजार पाँच सय स्थानीय तह बनाउनुपर्ने बताए । पुनर्संरचना आयोगले प्रस्ताव गरेअनुसार पाँच सय ६५ को स्थानीय तह भए जनताले झन् बढी दुःख पाउने भन्दै नेता नेपालले स्थानीय तहको संख्या बढाउनुपर्ने जिकिर गरे ।

 

कांग्रेस नेता अर्जुननरसिंह केसीले दलहरूको संस्कारमा परिवर्तन नभए सरकार परिवर्तनले मात्र मुलुक उँभो नलाग्ने दाबी गरे ।

आन्दोलनको तयारीमा रहन निर्देशन

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रविरुद्ध भीषण आन्दोलनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी स्कुल विभागद्वारा शनिबार आयोजित कार्यक्रममा ओलीले कार्यतालिकासहित संविधान कार्यान्वयनमा आफ्नो नेतृत्वको सरकारले पहल गरे पनि अहिले कार्यान्वयन हुन नदिने खेल भइरहेको आरोप लगाए ।


२०७४ माघभित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने भए पनि अहिलेको सरकारले स्थानीय तहको पनि निर्वाचन नगराउने षड्यन्त्र गरिसकेको ओलीले आरोप लगाए ।


‘जुनसुकै बेला पनि भीषण आन्दोलनमा जानुपर्ने अवस्था रहेकाले पार्टीपंक्ति तयारीमा अवस्थामा रहनुपर्छ', ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.