कांग्रेसले नाम नदिए पनि प्रचण्डले माओवादीबाट पाँच मन्त्री आजै थप्ने
![कांग्रेसले नाम नदिए पनि प्रचण्डले माओवादीबाट पाँच मन्त्री आजै थप्ने](https://annapurnapost.prixacdn.net/media/albums/Prachanda-First-cabinet-57b00eff7ec506.54821247_kJlDJdrpSg.jpg)
काठमाडौं : कांग्रेसले नाम दिन ढिलाइ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट पाँच मन्त्री आजै थप्ने भएका छन् । पाँच मन्त्री थपेर आइतबार नै मन्त्रिमण्डल विस्तार गर्न तयारी प्रचण्डले गरेका छन्।
माओवादीबाट थपिने पाँच मन्त्रीमा उर्जामा जनार्दन शर्मा, स्थानीय विकासमा हितराज पाण्डे, सूचना तथा संचारमा राम कार्की, शिक्षामा डिआर पौडेल र कानुनमा अजयशंकर नायक छन्।
माओवादीबाट यसअघि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्रीले शपथ लिइसकेका छन्। दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरीशंकर चौधरी कृषि मन्त्री छन् ।
कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने गरी भागबन्डा भए पनि कांग्रेसले अहिलेसम्म मन्त्री चयन गर्न सकेको छैन। आन्तरिक विवादका कारण मन्त्रीहरुको नामावली तयार गर्ने पार्टीसभापति शेरबहादुर देउवालाई सकस भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)