नारायणगढ–मुग्लिन सडक विस्तार कहिले सकिएला ?

नारायणगढ–मुग्लिन सडक विस्तार कहिले सकिएला ?

चितवन : जेठ महिनायता परेको निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक विस्तार कार्य निरन्तर प्रभावित भएको छ ।

जेठको पहिलो सातादेखि नै लगातार भइरहेको भारी वर्षाले दिनैपिच्छे पहिरो झरेको छ भने छिनछिनमा जामको सकस छ। अहिले त्यहाँ मजदुरहरु सडक विस्तारभन्दा पनि खसेको पहिरो हटाउन र बाटो खुलाउन भ्याइनभ्याइ छ। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार साउन मसान्तसम्ममा ३१ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २३ दशमलव ५ प्रतिशतमात्रै काम भएको छ । जेठ मसान्तसम्ममा २१ दशमलव ४ प्रतिशत काम भएकामा गत दुई महिनामा २ दशमलव १ प्रतिशतमात्रै काम भएको छ।

जेठ र असारमा निरन्तर पहिरो खसे पनि साउन महिनामा भने ठूला पहिरा दुईपटक मात्रै खसेका थिए । यद्यपि सानातिना पहिरो खसिरहने, खाल्टाखुल्टी बढी भएकाले ठेकेदारले राखेका मजदुर कर्मचारीले विस्तारको कामभन्दा बढी ती काममा व्यस्त हुनुपर्दा लक्ष्यअनुरुप काम हुन नसकेको हो ।

वर्षात्का कारण कमजोर ठाउँमा भित्ता काट्न मिलेको छैन । अहिले दासढुङ्गाको मोडमा र जलवीरेमा मात्रै भित्ता कटानको काम भइरहेको खनालले बताए।वर्षात्ले काम गर्न कठिन हुने हुँदा ठेकेदार कम्पनीहरुले मजदुर कर्मचारीसमेत न्यून मात्रामा राखेका छन् ।

वर्षात्पछि लगत्तै चाडबाड आउने हुँदा छठ पर्वसम्म लक्ष्यअनुरुप काम गर्न नसकिने खनालले बताए। त्यतिबेला एकातर्फ बाटो रोकेर काम गर्न मिल्दैन भने अर्काेतर्फ मजदुर कर्मचारी बिदामा बस्ने हुँदा लक्ष्यअनुरुप काम हुन नसक्ने उहाँको भनाइ थियो । निर्माणका काम मङ्सिरदेखि वैशाखसम्म तीव्र गतिमा हुने गर्दछ ।

ठेक्का दिँदा विसं २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.