नेविसंघको मतदाता परिचयपत्र वितरण
![नेविसंघको मतदाता परिचयपत्र वितरण](https://annapurnapost.prixacdn.net/media/albums/Nepali-Congress-57b02967c90cc8.93590200_lq7ZgAwVIN.jpg)
काठमाडौँ: नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिलाई मतदाता परिचयपत्र वितरण गरिएको छ । आइतबार बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिदै छ ।
महाधिवेशन प्रतिनिधिले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धेरै दिनको विवादपछि शनिबार राती निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)