नेवि संघ महाधिवेशनमा तनाव, पार्टी मुख्यालयमा झडप

नेवि संघ  महाधिवेशनमा तनाव, पार्टी मुख्यालयमा झडप

काठमाडौँ : नेविसंघ महाधिवेशन प्रतिनिधि विवादका कारण कांग्रेस कार्यलय टेकु दिनभर तनावपूर्ण रह्यो। कांग्रेस कार्यलयभित्र प्रहरी छिरेर हस्तक्षेप गर्न थालेपछि केहीबेर झडप पनि भयो। झडपमा थुप्रै विद्यार्थी घाइते भएका छन्।

आइतबार दिउँसो झडपछि नेविसंघ महाधिवेशन विवादले थप जटिल रुप लिएको छ। प्रतिनिधिको छनोटमा नेताहरुबीचको भागबन्ड नमिल्दा सिंगो महाधिवेशन नै विथोलिने अवस्था बनेको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेवि संघ महाधिवेशन बिथोल्ने गरी बर्बर प्रहरी दमन भएको बताएका छन्।प्रतिनिधि छनोट विवादलाई लिएर कांग्रेस केन्द्रिय कार्यलयमा आइतबार झडप भएपछि पौडेलले विज्ञप्ती निकाल्दै प्रहरी दमन भएकोमा आक्रोश पोखेका छन्।प्रहरी दमनको घट्नालाई लिएर पौडेलले पार्टीसभापति शेरबहादुर देउवासमक्ष पनि आक्रोश पोखेका छन्। भातृ संस्थाको महाधिवेशन विथोल्ने नियतले प्रहरी फौज पार्टी कार्यलयमा छिराएको आरोप पौडेलले लगाएका छन्।

एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाएका छन् ।

सङ्घको निर्वाचन गर्न नेपाली काँग्रेसले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको छ। निर्देशन समिति सदस्यद्वय भट्टराई र घिमिरेले आज संयुक्त विज्ञप्तिमार्फत शनिबार राति सार्वजनिक अन्तिम नामावलीमा विगतको सहमति विपरीत हेरफेर गरिएकाले विवादित बन्न पुगेको स्वीकार गरेका छन्। समितिमा भएको सहमति र निर्णयअनुरुप विवादित नामावली सच्याएर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उनीहरुको भनाइ छ।

समितिले आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र लगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबाट वितरण गर्ने तयारी गरेको थियो । तर विवादमा कारण यो हुन सकेन। समितिले शनिबार राति तीन हजार ७६० मतदाता नामावलीको सूची सार्वजनिक गरेको थियो । सोही बमोजिम समितिले निर्वाचन तालिका सार्वजनिक गरे पनि अब विद्यार्थी नेताहरुले धर्ना दिने जनाएका छन् ।

यसैगरी अध्यक्षका सात उम्मेदवारले आज पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको जनाई सच्याउन माग गरेका छन् ।अध्यक्षका दाबेदार मनोजमणि आचार्यले निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भनी आक्रोश व्यक्त गरे । उनले ६४ जिल्लाको सूची पूर्ववत् अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गरे।

अध्यक्षका अर्का दाबेदार क्षितिज भण्डारीले ‘पार्टी नेतृत्वले प्रहरीको घेरामा नेविसङ्घ कब्जा गर्ने शैलीमा गर्ने निर्वाचन’ मान्य नहुने बताए। नेता दीपक भट्टराईले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहे पनि गैरमतदाता भएको नामावली नसच्याएसम्म महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी दिए।

नेता नीलकण्ठ रिजालले पार्टी नेतृत्वको शैलीले आन्तरिक प्रजातन्त्र कस्तो छ भन्ने छर्लङ्ग भएको बताउँदै वास्तविक मतदाताको नामावली काटिएकामा विरोध जनाएका छन्। त्यस्तै विनिता अधिकारी, आनन्दराज त्रिपाठी र पदमराज पन्तले पार्टी कार्यालयमा प्रहरीको घेरामा निर्वाचन हुन नहुनेमा जोड दिँदै फर्जी मतदाताविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.