यी हुन माओवादीका चार राज्यमन्त्री
![यी हुन माओवादीका चार राज्यमन्त्री](https://annapurnapost.prixacdn.net/media/albums/peris-57b04507b2a7d4.23473557_zeviWqTrq8.jpg)
काठमाडौँः नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई संघीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको शपथ ग्रहण गराइने तयारी गरिएको छ ।
माओवादी केन्द्रले यसअघि पाँच मन्त्रीको नाम तय गरेको थियो । मन्त्रीको शपथ केही बेरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)