माओवादीका नयाँ पाँच मन्त्रीले शपथ लिए

माओवादीका नयाँ पाँच मन्त्रीले शपथ लिए

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ  दिलाइन ।

विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा (ऊर्जा), राम कार्की  (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) ले मन्त्री पदको शपथ लिएका छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित थिए ।

प्रधानमन्त्री दाहालले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चारजना राज्यमन्त्रीलाई शपथ खुवाउने कार्यक्रम छ । यसअनुसार श्रीप्रसाद जवेगु (सङ्घीय मामिला तथा स्थानीय विकास०), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) र धनमाया विक (विना विभागीय) ले शपथ लिँदै छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.