रामचन्द्रले भने, महाधिवेशन बिथोल्न प्रहरीबाट बर्बर दमन गराइयो

रामचन्द्रले भने, महाधिवेशन बिथोल्न प्रहरीबाट बर्बर दमन गराइयो

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेवि संघ महाधिवेशन बिथोल्ने गरी बर्बर प्रहरी दमन भएको बताएका छन्।

प्रतिनिधि छनोट विवादलाई लिएर कांग्रेस केन्द्रिय कार्यलयमा आइतबार झडप भएपछि पौडेलले विज्ञप्ती निकाल्दै प्रहरी दमन भएकोमा आक्रोश पोखेका छन्।

पौडेलले नेपाल बिद्यार्थी संघको ११ औं महाविधेशन विधी र प्रक्रिया अनुसार शान्तिपुर्ण ढंगले सम्पन्न गर्नुको साटो उदघाटनपछि वास्तिवक प्रतिनीधिहरुको नाम हटाएर बिधि र प्रक्रिया मिच्दै महाधिवेशनलाई बिथोल्ने प्रयास भइरहेको उल्लेख गरेका छन्।

कांग्रेसको केन्द्रीय कार्यालयमा नेतृत्व चयनका लागि सुरु भएको प्रकिया र शान्तिपुर्ण वातावरण भड्काउने गरि ठुलो संख्यामा सुरक्षाकर्मी राखेर देशभरबाट आएका बिद्यार्थी प्रतिनिधिमाथि बरबर्ततापुर्वक प्रहरी दमन भएको पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

उनले बिद्यार्थीहरुमाथि भएको प्रहरी दमनको निन्दा र भ्रत्सना गरेका छन्। प्रहरी दमनबाट ठुलो संख्यामा विद्यार्थीहरु घाईते भएका छन् । पौडेलले तत्काल प्रहरी दमन रोकेर वार्ताका माध्यामबाट मतादाता नामावलीको विवाद समाधान गरि निष्पक्ष र धाँधलीरहित निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नका लागि सम्बन्धीत पक्षलाई आग्रह गरेका छन्।

प्रहरी दमनको घट्नालाई लिएर पौडेलले पार्टीसभापति शेरबहादुर देउवासमक्ष पनि आक्रोश पोखेका छन्। भातृ संस्थाको महाधिवेशन विथोल्ने नियतले प्रहरी फौज पार्टी कार्यलयमा छिराएको आरोप पौडेलले लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.